म्याग्दीमा एसइई परिक्षामा लिटल गार्डेनकी बिदिशा सुबेदी सर्वोकृष्ट

  • १४ असार २०८१, बिहीबार
  • 6113 पटक पढिएको

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सदरमुकाम बेनीस्थित लिटल गार्डेन एकेडेमीमा अध्ययनरत बिदिशा सुबेदीले ३.८६ जीपीए ल्याएर सर्वोकृष्ट हुन सफल हुनुभएको छ । बिहिबार राष्ट्रिय परिक्षा बोर्डद्वारा सार्वजनिक गरेको नतिजामा रघुगंगा गाउँपालिका–३,मौवाफाँटकी सुबेदीले संस्थागत र सामुदायिकतर्फ म्याग्दीकै सवोत्कृष्ट जीपिए ल्याउन सफल हुनुभएको हो ।

विद्यालयबाट एसईईमा सहभागी अर्का विद्यार्थी सुशान्त सुबेदीले ३.८१ जिपिए ल्याउनुभएको छ । विद्यालयका २८ जना विद्यार्थीले ३ जिपिएभन्दा माथि ल्याएका छन् ।विगतमा जस्तै यसपटक पनि सबै विद्यार्थीको नतिजा उत्कृष्ट रहेको प्रिन्सिपल दिपक सुबेदीले जानकारी दिनुभयो
बि.स २०६० सालमा पहिलोपटक म्याग्दीमा मन्टेश्वरी शिक्षाको अवधारणा सहित स्थापना भएको विद्यालयले परीक्षाभन्दा पनि विद्यार्थीलाई ब्यवहारिक र अतिरिक्त क्रियाकलापबाट समेत शिक्षण सिकाईलाई जोड दिने गरेको विद्यालयले जनाएको छ ।
ब्वाँसोको आक्रमणले पाँच गाई मरे