प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता
- ५ असार २०७९, आईतवार
- 699 पटक पढिएको
प्रभु बैंक र दि क्लिफबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले दि क्लिफद्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि मध्ये कुनै एक गतिविधिमा निशुल्क सेवा प्राप्त हुने भएको छ ।
उक्त सम्झौता अन्तर्गत दि क्लिफमा सुविधा लिन चाहने प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा दि क्लिफका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । souce aarthiknews.com