भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिन्छःअध्यक्ष लिङ्देन
- २२ चैत्र २०७८, मंगलवार
- 923 पटक पढिएको
अध्यक्ष लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो दललाई विजयी गराउन सबैसँग आग्रह गर्नुभयो । उहाँले आगामी स्थानीय तहको निर्वाचनमा उपयुक्त वातावरण बनेमा गठबन्धन बनाएर जान सकिने बताउँदै स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएमा कक्षा १२ सम्म निःशुल्क शिक्षा, सबै स्थानीय तहमा सुविधासम्पन्न अस्पताल, हरेक महिला एवम् वृद्धवृद्धाको घरघरमै पुगेर स्वास्थ्य परीक्षण र भ्रष्टाचारमा शून्य सहनशीलता लागू गरिने धारणा व्यक्त गर्नुभयो ।