मौवाफाँट भगवतीदेवीमा भण्डारी र पिप्लेमा कार्कीले सरकारी मार हान्ने

  • २७ आश्विन २०७८, बुधबार
  • 691 पटक पढिएको

म्याग्दी २७ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको भगवतीदेवी कोत मन्दीरमा बिजया दशमीको नवमीका दिनमा बली चढाईने सरकारी राँगो मार हान्न (काट्न) रु ७५ हजारको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।


बढीबढाउमा मौवाफाँटका सुवास भण्डारीले सर्वाधिक रु ७५ हजार रकम कबोल गरेर सरकारी बलीको मार हान्ने हुनुभएको छ । नवमीको दिन बली दिईने राँगो मार हान्ने व्यक्तिले कालरात्रीको राति कोटमन्दीरमा सर्वसाधारणको बिचमा खुल्ला बोलकबोल गरिन्छ । भगवतीदेवी मन्दीमा नवमीका दिनमा दिईने सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको छ । यहाँ अहिलेसम्मकै सर्वाधिक बढीबढाउ रकम बोलकोबल भएको हो । यसैबिच वडा नम्बर ३ कै पिप्लेमा रहेको कोत मन्दिरमा समेत रु १ लाख ७ हजारमा सरकारी मारको बोलकबोल भएको छ । बुधवार साँझ भएको बढीबढाउमा रानीपौवा निवासी दिनेश कार्कीले रु १ लाख ७ हजार रकम बोलकबोल गरेर सरकारी मार हान्ने हुनुभएको बताइएको छ ।