ब्यवहार परिर्वतन सम्बन्धी संचारकर्मी र सरोकारवालासंग छलफल
- २३ जेष्ठ २०७४, मंगलवार
- धिरन खत्री
- 1741 पटक पढिएको
म्याग्दी,२३ जेठ । जिल्लामा क्रियालशिल संचारकर्मि एंवम पत्रकारहरुसंग खानेपानी तथा सरसफाई सम्वन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनको आयोजनामा ब्यवहार परिर्वतन सम्वन्धी एकदिने अन्तक्रिर्या कार्यक्रम आयोजना गरिएको हो ।
उक्त अभिमुखिकरण तालिमलाई उद्घाटन गर्दै स्थानीय विकास अधिकारी प्रेमराज गिरिले यस अन्तक्रिर्या कार्यक्रमबाट खानेपानी तथा सरसफाई सम्वन्धी जानेको ज्ञान, सिपलाई दैनिक ब्यवहारमा प्रयोग गर्न समाजमा प्रेरित गर्न आग्रह गर्नुभएको थियो । अन्तक्रिर्या कार्यक्रमा उपस्थित पत्रकारहरुलाई क्षेत्रिय परियोजनाका खानेपानी तथासरसफाई विज्ञ चन्द्रभक्त विष्टले दैनिक जीवनमा खानेपानी तथा सरसफाई सम्वन्धी आवश्यकता, महत्व र ब्यवहार कसरी प्रयोग गर्ने सम्वन्धी सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यmक्रममा वास सल्लाकार थरेन्द्र पौडेलले आर्थिक बर्ष ७३÷७४ को जिल्ला सञ्चालन भएका १६ वटा खानेपानीको योजना मध्ये ८ ओटा आयोजना सम्पन्न भएको र २ओटा असारसम्म सम्पन्न हुने जानकारी गराउनुभएको थियो । साथै जिल्ला भएका सरसफाई सम्वन्धी गतिविधिबारे जानकारी गराउनुभएको थियो । जिल्लाका संचारकर्मी, विभिन्न संघसस्था तथा कार्यालय प्रमुख तथा प्रतिनिधिको उपस्थित रहेको अभिमुखि कायर्यक्रमको संचालन बास फोकल प्रसन राजेन्द्र आचार्यले गनुभएको थियो ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l