बार्षिक उत्सवको अबसरमा जेसीज सप्ताह मनाउन सुरु (फोटो फिचर)
- १५ जेष्ठ २०७४, सोमबार
- 2049 पटक पढिएको
म्याग्दी, १५ जेठ । म्याग्दी जेसीजले आफ्नो स्थापना दिवस साताव्यापि रुपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरि मनाउन सुरु गरेको छ । संस्थाको १९ औँ बार्षिक उत्सवको अबसरमा सोमबारदेखि जेसीजले साताव्यापि कार्यक्रमहरुको सुरुवात गरेको हो । सप्ताहको म्याग्दी जेसीजको सचिबालयमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । शाखा अध्यक्ष नारायणकुमार बरालको अध्यक्षतामा भएको कार्यक्रमको म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठले केक काट्दै दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । सप्ताहको उद्घाटन गर्दै संस्थापक अध्यक्ष श्रेष्ठले थोरै व्यक्ति र शुन्य स्रोत साधनबाट स्थापित संस्था १९ आँै बर्षमा आईपुग्दा भौतिक रुपमा धेरै सक्षम भएको स्मरण गर्नुभयो ।
उहाँले संस्थालाई अझै गतिशिलता र क्रियाशिलता बनाउनको लागि संस्थाका सबै व्यक्तिहरु लाग्न आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिबनबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, म्याग्दी जेसीजका पूर्व अध्यक्ष बिनय श्रेष्ठ लगायतले म्याग्दीमा जेसीजले गरेका सामाजिक कार्य तथा युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा मुल संयोजक बद्री पौडेलले स्वागत, उपाध्यक्षद्धय कमल खत्रीले आस्था पाठ तथा भुपेन बानीयाँले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो । जेसीज सप्ताह अन्र्तगत जेठ २१ गतेसम्म विविध कार्यक्रम आयोजना गरिएको छ ।
१६ गते जिल्ला स्तरीय कँराते प्रतियोगिता, १७ गते नेतृत्व विकास तालिम, १८ गते अन्तर मावि निबन्ध लेखन प्रतियोगिता, १९ गते जेसीज गाउँ पुलाचौरमा आँखा जाँच शिविर सञ्चालन गरिने र २० गते अन्तरमावि स्तरीय लोकनृत्य प्रतियोगिता तथा स्थानीय तह निर्वाचनमा म्याग्दीमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम आयोजना गरिएको छ ।
त्यसैगरि २१ गते अन्तर जेसीज हाजिरी जबाफ प्रतियोगिता सहित सप्ताहको समिक्षा गर्दै स्थापना दिवसको अबसरमा आयोजित जेसीज सप्ताहको समापन गरिने शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिनुभयो । कार्यक्रमहरुलाई सफल बनाउनको लागि बरिष्ट कार्यकारीणी उपाध्यक्ष बद्री पौडेलको मुल संयोजकत्वमा हरेक कार्यक्रमका संयोजकहरु तोकेर आबश्यक तयारीलाई अन्तिम चरणमा पु¥याईएको छ ।