औलाको नवज्योती युवा कल्वको अधिवेशन सम्पन्न

  • २ बैशाख २०७४, शनिबार
  • 1883 पटक पढिएको

म्याग्दी, १ बैशाख । अन्नपूर्ण गाउँपालीका ७ हिस्तान औलामा रहेको नवज्योती युवा कल्वको नवौ अधिवेशन तथा नव वर्ष २०७४ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

अधिवेशनबाट बिमल फगामीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ । कल्वको महिला उपाध्यक्षमा टकमाया पुर्जा, खेलकुद उपाध्यक्षमा प्रेमबहादुर पुर्जा, सांस्कृतीक उपाध्यक्षमा देवीना रन्तीजा, सचिवमा बलराम रन्तीजा, सहसचिवमा छत्र अर्मजा, कोषाध्यक्षमा सजिन पुन र सहकोषाध्यक्ष सनम गर्बुजा चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा टिना रन्तिजा, रितु फगामी, मालती पुन, चन्द्र गर्बुजा, सुष्मा पुन, बिमला पुन र सजु पुर्जा रहनुभएको छ । बिमल फगामीको अध्यक्षता, बलराम रन्तिजा र डिल्लीराज आचार्यको सञ्चालन, सजु पुर्जाको स्वागत र आदर्श मावि रिमाका प्रअ कुमार गर्बुजाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।