म्याग्दीमा १७ सय बढीले स्वास्थ्य विमा

  • २५ चैत्र २०७३, शुक्रबार
  • धिरन खत्री
  • 2119 पटक पढिएको

म्याग्दी,२५ चैत । म्याग्दीमा तिन महिनाको अवधीमा १ हजार ७ सय ११ जनाले स्वास्थ्य विमा गरेका छन् । म्याग्दीमा गत पौष १३ गतेबाट सुरु भएको ३ महिनाको अवधिमा ४११ घरपरिवारका १ हजार ७ सय ११ ले  स्वास्थ्य विमा गरेको सामाजिक स्वास्थ्य  सुरक्षा विकास समितलको कार्यालय म्याग्दीले जनाएको छ ।


सामाजिक सुरक्षा विकास समितिको  कार्यालय म्याग्दीले  बार्षिकत्सवको अवसरमा बेनीमा पत्रकार सम्मेलन गरि शुक्रबार उक्त जानकारी गराएको हो । उक्त कायक्रममा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीका प्रवन्धक अर्जुन पण्डितले ३ महिनाको अवधिमा ५७ जनाले सुविधा जिल्ला अस्पताल म्याग्दी र दरवाङ स्वास्थ्य चौकी बाट ७ जनाले उक्त सुविधा लिईसकेको  बताउनुभयो ।


म्याग्दीमा स्वास्थ्य विमा गरेका १ हजार सातसय ११ मध्य महिला ९ सय ३१ र पुरुष ७ सय ८० रहेको जानकारी दिएका छन् । उक्त स्वास्थ्य विमाबाट १० लाख, ९१ हजार ५ सय ७५ रुपैया संकलन भएको छ । यो अभियानलाई सफल बनाउन करारमा कर्मचारी परिचालन गरिएको  पण्डितले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका परिवारका लागि स्वास्थ्य विमाले महत्वपुर्ण सहयोग पु¥याउने हुदाँ सबैले समयमै स्वास्थ्य विमा गराई सुविधाको सदुपयोग गर्न उहाँले आग्रह  गनुभएको थियो ।
एकवर्षको अवधिमा संचालन भएका म्याग्दी, कास्की, पाल्पा, बैतडी र अछामबाट एक बर्षको अवधिमा  ४५ हजार २सय ७७ ले स्वास्थ्य विमा गरिसकेका छन् ।  स्वास्थ्य विमाबाट २ करोड ३६ लाख ३८ हजार एक बर्षमा संकलन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला अस्पताल म्याग्दीका प्रमुख मेडिकल सुपरिटेन्ड डाक्टर रोशन न्यौपानेले स्वास्थ्य विमा गराएर अस्पतालमा आउने विरामीहरुले आफ्नो स्वास्थ्य विमाको कार्ड लिएर उपचार सुविधा लिन आउन आग्रह गर्नृृुभएको थियो । बार्षिक उत्सवको अवसरमा जिल्ला अस्पतालका अध्यक्ष माधब रेग्मी, पत्रकार महासंघका म्याग्दीका अध्यक्ष तारानाथ शर्मा लगायतको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l