प्रवासीको सहयोगमा बहुउद्देश्यीय भवन

  • २१ चैत्र २०७३, सोमबार
  • गोपाल छन्त्याल
  • 3057 पटक पढिएको

म्याग्दी,२१ चैत । म्याग्दीको मंगला गाउपालिका अन्र्तगत महेश–धापुङमा बहुउद्देश्यीय भवन निर्माण भएको छ ।


दुई गाउँको सामुहिक र सामाजिक कार्य तथा गतिविधीका लागि होमस्मृति युवा क्लब, महेश आमा समूह र महेश र धापुङबाट रोजगारका सिलसिलामा प्रवासमा रहेका युवाहरुको पहलमा सुविधासम्पन्न बहुउउद्देश्यीय भवन निर्माण गरिएको हो । भवनको सोमबार म्याग्दीका सांसद्द्धय नवराज शर्मा, रेशम बहादुर बानियाँ र प्रधानमन्त्री कार्यालयका स्वकिय सचिवालय सदस्य पुनम खड्काले संयुक्त रुपमा उद्घाटन गरे । साविकको बरंजा गाविस अन्र्तगत पर्ने दुई बस्तीमा पहिलो पटक सांसद् पुगेका हुन् । भवनका निर्माणका लागि विभिन्न विभिन्न मुलुकमा रहेका युवाहरुबाट ५ लाख १४ हजार, क्लबद्धारा सञ्चालन गरिएको देउसीभैलोबाट ३२ हजार, शुभकामना आदानप्रदान कार्यक्रमबाट ३९ हजार, आमा समूहको ३४ हजार गरि ९ लाख २४ हजारमा बुहउद्देश्यीय भवन निर्माण गरिएको क्लबका अध्यक्ष उमेश विकले जानकारी दिए । उनका अनुसार, भवनका लागि दुई गाउँका स्थानीय २÷२ दिन श्रमदान समेत गरेका थिए ।

वडा नागरिक मञ्चका संयोजक दलबहादुर पुनको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै सांसद् नवराज शर्मा र रेशम बानियाँले स्थानीय स्तरबाट भएको काम उदाहरणीय भएको बताए । दुईजनाले महेश र धापुङको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । क्लबका कोषाध्यक्ष नरदेवी चोचाङ्गीले स्वागत गरेको कार्यक्रममा स्थानीय बरंजा–धापुङ विद्युतीकरण समितिका अध्यक्ष मनबहादुर थजालीले गाउँका समस्याहरु सांसद् तथा अन्य अतिथिहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका स्वकिय सचिवालय सदस्य खड्का, नेपाली काँग्रेस म्याग्दीका सचिब क्या. मिनबहादुर कार्की, महिला संघ म्याग्दीकी सभापति विमला गौचन, नगर सभापति अनोद श्रेष्ठ, नेकपा एमालेका नेता देब घले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बहुउद्देश्यीय भवन निर्माण भएपछि बिवाह, वत्रबन्ध लगायत सामाजिक कार्य गर्न सहज भएको आमा समूहकी सचिब मनमायाँ चोचाङ्गीले बताईन् । स्थानीयले साँसद् लगायतका पाहुनालाई भजनकिर्तन र फुलमायाले स्वागत गरेका थिए ।

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l