पिप्लेको रानीपौवामा कानुनसम्वन्धी अन्तक्रिया सम्पन्न
- १३ चैत्र २०७३, आईतवार
- धिरन खत्री
- 3773 पटक पढिएको
म्याग्दी,१३ चैत । जिल्ला अदालत म्याग्दीको आयोजनामा पिप्लेका रानीपौवामा कानुसम्वन्धी अन्तक्रिया शनिवार सम्पन्न भएको छ ।
उक्त अन्तक्रियामा जिल्ला न्याधिश रामप्रसाद शर्माको प्रमुख आतिथ्यता भउएको कार्यक्रममा सहभागि स्थानिय बासिँन्दाले कानुनसम्वन्धी ज्ञानको अभावले हाम्रो समाजमा हुने घटनाको न्याय अन्याय छुट.याउन अझै हामी अन्योलतामा रहेको हुदाँ जिल्लामा ध्याउनुपरेको बाध्यता सुनाए । कानुनसम्वन्धी यस्ता कार्यक्रम समयसमयमा लिएर आउन न्याधिशलाई आग्रह गरेका थिए ।
अन्तक्रियालाई सम्वोधन गर्दै जिल्ला न्याधिश रामप्रसाद शर्माले अन्याय परेका जनतालाई न्याय दिन कानुन बनेको भन्दै समाज हुने घटनाको न्याय छुट्याउन कानुनको प्रयोग गर्न आग्रह गरेका थिए । त्यस्तै अन्तक्रिया कार्यक्रममा बोल्दै महाधिबक्ता खेमराज पाठक, राजु ढुङ्गानाले कानुन सम्वन्धी जानकारी प्राप्त गरेर पनि अन्याय सहेर नवस्न स्थानियसिलाई आग्रह गरेका थिए । कार्यक्रममा एमाले जिल्ला सचिवालय प्रेमबहादुर कार्की लगायतले मन्तव्य राख्नुभएको महारानी युवा क्लवका उपाध्यक्ष दिनेश कार्कीले बताए।
महारानी युवा क्लक महारानी आमासमुह र अम्मरसिँह प्राविको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l