म्याग्दी घुम्न आउने पर्यटकलाई सुरक्षा दिलाउछु : प्रनाउ बुढामगर

  • १० जेष्ठ २०७५, बिहीबार
  • 1059 पटक पढिएको


म्याग्दी, १० जेठ । म्याग्दी नवआगन्तुक प्रहरी नायव उपरिक्षक विरबहादुर बुढामगरले म्याग्दी भ्रमण बर्षमाघुम्न आउने पर्यटकलाई सुरक्षा दिलाउने प्रतिवद्धता जनाएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा जिल्लाको पहिचान बोेकेको पर्यटकिय स्थलमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुरक्षा ब्यवस्थापनमा पहल गर्ने बताएका हुन् ।


म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता एवम स्वागत मन्तव्य रहेको कार्यक्रममा बोल्दै डिएसपी बुढामगरले समृद्ध देश निर्माणका लागि निजि क्षेत्रको ब्यवसाय महत्वपुर्ण भूमिका भएको भन्दै संविधानको नियमअनुसार अधिकार प्रयोगसंगै नियम पालना गर्नुपर्ने बताए । पर्यटन, जलस्रोत र कृषि क्षेत्रको प्रचुर सम्भावना बोेकेको जिल्लामा संघको आयोजनामा सुरु भएको भ्रमण बर्षलाई सफल बनाउन ग्रामिण भेगमा थप सुरक्षा ब्यवस्था मिलाउन पहल गर्ने बताए । जिल्लालाई सुरक्षा ब्यवस्थालाई मजवुद बनाउन र गैर कानुनी गतिविधिलाई रोक्नका लागि यहाँको सहकार्यसंगैै सकारात्मक सुझावलाई कार्यान्वयन गर्दै प्रहरी प्रशासन सुधार गर्ने प्रतिवद्धता जनाएका थिए ।

सो स्वागत तथा भेटघाट कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघ प्रदेश ४ सदस्य कुविकुमार श्रेष्ठ, पुर्व अध्यक्ष सुदर्शनकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष जीवनकुमार विश्वकर्मा लगायतको कार्यसमितिको उपस्थितमा जिल्लामा उद्योग वाणिज्य संघको गतिविधि जानकारी गराएका थिए । भने कार्यक्रमको संचालन सचिव सुवर्ण रिजाल, समापन बरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले गरेका थिए ।