मोना युएईले फेब्रअरी २३ तारिक बनभोज आयोजना

  • २१ माघ २०७४, आईतवार
  • 3975 पटक पढिएको

 

युएई/ म्याग्दी २१ माघ । रोजगारीको शिलशिलामा युएई पुगेका म्याग्देलीहरुको साझा सामाजिक सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना युएई) ले बनभोज कार्यक्रम आयोजना गरेको छ। मोना युएईले आगामी फेब्रअरी २३ तारिक शुक्रबार युएई को फुजेरहामा विभिन्न कार्यक्रमसहित बनभोज कार्यक्रमको आयोजना गरेको हो ।


युएईमा रहेका म्याग्देलीहरुलाई बनभोजको माध्यबाट भेला गराएर एक अर्कामा परिचय गराउनु को साथै मोन युएई ले हाल सम्म गरेको सामाजिक क्रियाकलापको जानकारी र यस सामाजिक सस्थामा आबद्ध बनाउने उद्देश्य सहित उक्त बनभोज कार्यक्रमको आयोजना गरेको संयोजक एबम सस्थाका बरिष्ठ उपाध्यक्ष रुद्र बहादुर रोकाले जानकारी गराउनु भएको थियो ।

प्रदेशमा सधैं काम र छुट्टीको अभाबले एउटै गाउँका पनि धेरै समय सम्म भेट हुने कुनै माध्यम बनिरहेको हुँदैन । सधैं सामाजिक सन्जालमा मात्रै टिकेको भर्चुल सम्बन्धले मानिसको दैनिकीमा खल्लो महसुस बनाएको हुन्छ । यही खल्लोपनलाई भगाउनको लागि मोना युएई ले यो बनभोजको कार्यक्रम राखेको अध्यक्ष प्रकाश कार्कीले बताउनुभयो । बनभोजमा दोहोरी प्रतियोगिता, घैटो फुटाउने खेल जस्ता मनोरन्जानत्मक कार्यक्रम राखिएको छ । जहाँ नेपालमा उब्जिएको प्राङ्गारिक र जङलमा फलेको टिमुर लगायतको स्वादिस्ट खानो पाइने ब्यबस्था गरिएको छ । उक्त कार्यक्रममा हालै नेपाली भलिबल कपमा उपबिजेता बन्न सफल मोनाका खेलाडीहरु लाई समेत सम्मान गरिने छ ।