जन्मदीनको अवसरमा व्यवसायि शर्माद्धारा बालगृहका बालबालिकाहरुलाई सहयोग ( तस्बिर सहित)

  • ५ फाल्गुन २०७६, सोमबार
  • 3202 पटक पढिएको

म्याग्दी ५ फागुन । बेनीमा व्यवसाय गर्दै आउनुभएका एक व्यवसायिले म्याग्दी बालगृहका बालबालिकाहरुलाई सहयोग गर्नुभएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भई बेनीमा हार्डवेयर व्यवसाय गर्दै आउनुभएका मुकुन्द शर्माले आफ्नो जन्मदिनको अवसरमा बालगृहका बालबालिकाहरुलाई रु २० हजार बराबरको सहयोग गर्नुभएको हो ।


बेनीमा रहेको विशाल हार्डवेयरका सञ्चालक रहनुभएका शर्माले आफ्नो ४४ औँ जन्मदिनको अवसरमा बालगृहमा रहेका अनाथ र वेसाहारा बालबालिकाहरुको लागि नगद र लत्ताकपडा सहयोग गर्नुभएको हो । उहाँले बालगृहमा रहेका १४ जना बालबालिकाहरुलाई न्यानो कपडा र नगद सहयोग गर्नुभएको थियो ।

उक्त सहयोग बालगृहमा आयोजित कार्यक्रममा सहयोगदाता शर्माले बालबालिकाहरुलाई लत्ताकपडा र बालसंगठनका सचिब ज्ञान गिरीलाई नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा सहयोगदाता शर्माले बालबालिकाहरुको लागि खाने सामाग्री समेत प्रदान गर्नुभएको थियो ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गरि अनाथ र बेसाहारा भएका बालबालिकाहरुको अध्ययन र बसोबासमा राहत पुगोस भन्ने उदेश्यले सहयोग गरेको सहयोगदाता शर्माले बताउनुभयो । सहयोगदाता शर्मालाई बालगृह व्यवस्थापन गर्दै आएको बाल संगठन र बालगृहमा रहेका बालबालिकाहरुले धन्यबाद ज्ञापन गरेका थिए ।