दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी मंगला माविलाई

  • ४ फाल्गुन २०७६, आईतवार
  • 1902 पटक पढिएको

म्याग्दी ३ फागुन । मंगला गाउँपालिकाले आयोजना गरेको गाउँपालिका स्तरीय अन्तर मावि छात्र ÷ छात्रा दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ । उपाधी सँगै विद्यालयले पचास नगद र शिल्ड प्राप्त गरेको छ ।
शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य गरी कुल २२ पदक जितेर प्रथम भएको हो । यसैगरी त्रिभुवन मंगला माविले ६ स्वर्ण,३ रजत र ४ कास्य गरी कुल १३ पदक प्राप्त गरी उपविजेता बनेको गाउँपालिकाका शिक्षा संयोजक डेक बहादुर बानियाँले जानकारी दिनुभयो ।


महेन्द्र मावि बरंजाले ५ स्वर्ण,४ रजत र ८ कास्य गरी कुल १७ पदक हासिल गरी तृतीय भएको छ । डनिङ आवासीय माविले ५ स्वर्ण,४ रजत र २ कास्य,दिपशिखा मावि कुँहुँले २ स्वर्ण,१ रजत र १० कास्य, मालिका जनहित बोर्डिङले १ स्वर्ण र २ रजत प्राप्त गरेको प्रतियोगिताको कार्यसम्पादन उपसमितिका संयोजक सिजन रोकाले जानकारी दिनुभयो । प्रतियोगितामा छात्र भलिबल तर्फ मंगला मावि प्रथम,डनिङ आवासीय मावि द्धितीय र महेन्द्र मावि तृतीय,छात्रा तर्फको भलिबलमा महेन्द्ररत्न मावि प्रथम,सिद्धशान्ति मावि हिँदी द्धितीय र शिशुकल्याण मावि अर्मन तृतीय भएका छन् ।


यसै गरी कवड्डी छात्र तर्फ मंगला प्रथम,शिशुकल्याण द्धितीय,महेन्द्ररत्न तृतीय र छात्रा तर्फ महेन्द्ररत्न प्रथम,मंगला मावि द्धितीय र डनिङ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने माविहरुलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजेता विद्यालयहरुलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

यसैगरी प्रतियोगिताको उदघाटन खेलमा १५ सय मिटर दौडको छात्रतर्फ मंगला माविका सुसन सुनार प्रथम, शिशुकल्याण मावि अर्मनका विकास केसी द्धितीय र महेन्दरत्न मावि बंरजाका भुुमिराज रोका तृतीय भएका थिए । त्यस्तै छात्रातर्फ महेन्द्ररत्न मावि बंरजाको विपिना विक प्रथम, त्रिभुवन मंगला माविकी अमृता खत्री द्धितीय र मंगला माविकी मिना गीरी तृतिय भएका थिए । दौडमा प्रथम द्धितिय र तितृय हुने खेलाडीहरुलाई प्रमुख अतिथि र गाउँपालिका अध्यक्ष लगायतले मेडल प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।