महिला महोत्सव संगीतमय बन्दै, राष्ट्रिय महिला भलिबल हुँदै (तस्बिर सहित)

  • ४ फाल्गुन २०७६, आईतवार
  • 2449 पटक पढिएको

म्याग्दी ४ फागुन । जलजला गाउपालिका–३ पर्वत बेनीमा आयोजित तेहै गण्डकी प्रदेश स्तरीय महिला महोत्सव संगीतमय बनेको छ । रेडियो दिदिबहीनीको दसौ वार्षिकोत्सवको अवसरमा आयोजित महोत्सव राष्ट्रिय कालकारहरुको साँगेतिक प्रस्तुती तथा मौलिक रत्यौली, भजन, पञ्चेबाजा लगायतका प्रतियोगिताका प्रस्तुतीले संगीतमय बनेको हो ।

११० औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजित महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले फागनु १ गते उद्घाटन गर्नुभएको हो । यसैबिच महोत्सवको अवसरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।फागुन ७ गतेदेखि सुरु हुने प्रतियोगितामा ३ विभागीय र ३ अन्य गरि ६ समुहले सहभागीता जनाउने रेडियोका अध्यक्ष कल्पना चापागाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई क्रमशः नगद रु २ लाख, १ लाख र ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । महोत्सवमा आयोजित स्थानीय तह स्तरीय पुरुष भलिबलमा प्रथम, द्धितिय र तृतियलाई क्रमशः नगद रु १ लाख, ५० हजार र २५ हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा डान्स आईडल, विद्यालय स्तरीय नृत्य प्रतियोगिता संगै कला संस्कृति संरक्षणको लागि खुला रत्यौली र भजन प्रतियोगिता, नौमती बाजा प्रतियोगिता समेत सञ्चालन गरिएको छ । डान्स आइडलमा प्रथम, दितृय र तितृय हुनेलाई पचास हजार, तीस हजार र बीस हजार तथा विद्यालय स्तरीय नृत्य, रत्यौली र झाकी प्रर्दशनीमा प्रथम, दितृय र तितृय हुनेलाई पच्चिस हजार, पन्ध्र हजार र दश हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ । भजन प्रतियोगितामा प्रथम, दितृय र तितृयलाई पन्ध्र्र हजार, दश हजार र पाँच हजार रुपैया पुरस्कार व्यवस्था गरिएको छ ।