पुर्ब मन्त्री थापाको पहलमा बालबालिकाहरुलाई शैक्षिक साम्रगी बितरण

  • २४ मंसिर २०७६, मंगलवार
  • 2163 पटक पढिएको

समीर रोका मगर
म्याग्दी २४ मंसिर । म्याग्दिको बेनि नगरपालिका १० का सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थीहरुलाई सोमबार शैक्षिक साम्रगी सहित झोला बितरण गरिएको छ । दिपक माध्यमिक बिधालय पात्लेखेत र बिद्योदय माध्यमिक बिधालय वाखेतका प्राथमिक तहमा अध्ययन गर्ने गरिब, बिपन्न अपाङ्ग र जेहन्दार १०२ जना बिद्यार्थीहरुलाई कापी, पेन्सिल ,किट्बक्स , र रंग सहित एक एक वटा झोला बितरण गरिएको हो ।

यसैगरी रघुगंगा गाउपालिका¬¬ ६ अन्तर्गतका बिधालयहरुमा करिब ४१० जना बिद्यार्थीहरुलाई झोला बितरण गरिएको चाईना फाउन्डेसन फर पोभटि संस्थाका प्रतिनिधि कोपिला खड्काले बताउनुभयो ।

गरिव तथा अपाङ्ग बिद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उदेश्यले बिद्यार्थी हरुलाई शैक्षिक साम्रगी बितरण गरेकोमा प्रायोजन संस्था चाईना फाउन्डेसन फर पोभर्टि लाई  दिपक माध्यमिक बिधालयका प्रधानध्यापक बिस्नु दुङ्गगानाले धन्यवाद व्यक्त गर्नुभयो ।

पुर्ब महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा , स्वकीय सचिव गम पुन मगर , चाईना फाउन्डेसन फर पोभर्टी सस्थाका प्रतिनिधि सेरेश प्याकुरेल, कोपिला खड्काले झोला बितरण गर्नुभएको थियो ।

दिपक माबि शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पराजुलीको अध्यक्षता, प्रअ बिस्नु दुङगानाको स्वागत तथा बिधालयका शिक्षक बिजय सुबेदिको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।