म्याग्दी बचत तथा ऋण सहकारीको साधारणसभा, अध्यक्षमा पुन चयन

  • २२ मंसिर २०७६, आईतवार
  • 2863 पटक पढिएको

म्याग्दी २२ मङ्सिर । काठमाण्डौमा म्याग्देलीहरुद्धारा सञ्चालित म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभाबाट थदेवी पुनको नेतृत्वमा १५ सदस्यीय संचालक समिति निर्विरोध निर्वाचित गरिएको छ । सहकारीको उपाध्यक्षमा सुशिला शेरचन, कृष्णबहादुर केसी,थमबहादुर छन्त्याल, धनलाल जैशी, सचिव दिपबहादुर छन्त्याल, कोषाध्यक्ष इन्द्रजीत छन्त्याल, सह–सचिव टकबहादुर थापा, सह–कोषाध्यक्ष छकप्रसाद शेरचन रहनुभएको छ ।

साधारणसभाबाट सदस्यहरुमा केशबहादुर गौचन,लेपप्रसाद पुर्जा, गीताकुमारी रावल, खिमबहादुर गुरुङ्ग, धनबहादुर भुजेल, हर्क नारायण घर्तीमगर रहनुभएको छ । त्यसैगरि चित्रबहादुर पुनको संयोजकत्वमा सुगन्ध सुबेदी र धनबहादुर छन्त्याल सदस्य रहनुभएको लेखा समिति समेत चयन गरिएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि महालेखा नियन्त्रक तथा भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका निवर्तमान सचिव गोपीनाथ मैनालीले सहकारी ऐन तथा नियामावलीले राम्रा काम गर्ने सहकारीहरुलाई पुरस्कृत र नीति नियम भन्दा बाहिर गएर गलत कार्य गर्ने सहकारी संघसंस्थाहरुलाई दण्ड र जरिमाना गर्ने भएकोले यसबाट सहकारीकर्मीहरु सचेत हुनुपर्ने बताउनुभयो ।

त्यसैगरी सहकारीले सामाजिक तथा आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । देशको अर्थतन्त्रमा सहकारीको भूमिकालाई प्रभावकारी ढंगले लैजानु पर्ने आवश्यकतामा जोड दिदै म्याग्दी सहकारीले सहकारीको मूल्य,मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै वित्तियसंगै सामाजिक उत्तरदायीत्वका काम समेत गरेको बताउनुभयो । संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचनले कार्यक्रममा उपस्थित भई सहयोग गरकोमा सबैलाई धन्यवाद दिर्दै फरक पहिचान सहित स्थापित यस सहकारीलाई सदस्यहरुलाई गारोसारो परेको बेलामा सम्झन सक्ने संस्थाको रुपमा स्थापित बनाउने मूल लक्ष्य रहेको बताउनु भयो ।

त्यसैगरी संस्थाका कानुनी परामर्शदाता तथा सहकारी अभियन्ता डिल्लीराम तिवारीले संशोधित सहकारी ऐन र नियमावलीले सहकारीलाई नियन्त्रणमुखी बनाउने प्रकृति भएको प्रति आम सहकारीकर्मीहरुको गुनासो रहेकोले यसप्रति राज्य जिम्मेवारी हुनु पर्ने बताउनु भयो ।
सो अवसरमा हकहित समाजका उपाध्यक्ष गोविन्द गिरी र धौलागिरी सहकारी समुहका संयोजक याम श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कर्यक्रममा २०७५ को एस ई ई परीक्षामा म्याग्दी जिल्लाबाट संस्थागत तथा सामुदायीक विद्यायलबाट उत्कृष्ट भएका ४ जना छात्र–छात्रा र शेयर सदस्यका छोराछोरी मध्येबाट २ जनालाई नगद तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने संस्थामा बचत तथा ऋणमा योगदान गर्ने सदस्यहरुलाई कदर पत्र प्रदान गरिएको थियो । संस्थामा १ लाख भन्दा बढि शेयर खरिद गर्ने नयाँ सदस्यहरु मुनादेवी आचार्य र त्रिलोकचन्द विश्वास वि.क.लाई शेयर प्रमाण पत्र वितरण गरिएको थियो । कार्यक्रममा सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याउनु भएका महालेखा नियन्त्रक गोपीनाथ मैनाली र डिल्लीराम तिवारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा शेयर सदस्य तथा लोक गायक खड्ग गर्बुजाले लोपोन्मुख यानीमाया गीत र शोभा कार्की, श्याम रानाले दोहोरी गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको अन्तमा निर्वाचन समितिका संयोजक डा. ज्योति शेरचनले निर्विरोध निर्वाचित भएका संचालक समिति तथा लेखा समितिका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।  अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष सुशिला शेरचनलले स्वागत भाषण,संचालक समितिको प्रतिवेदन अध्यक्षकोतर्फबाट प्रबन्धक विष्णुप्रसाद पौडेलले र कार्यक्रम संचालन सचिव दिपबहादुर छन्त्यालबाट गरिएको थियो ।