श्रमिक महिला हिंसा न्युनिकरणका लागि बेनीमा अन्तरक्रिया

  • २१ मंसिर २०७६, शनिबार
  • धिरन खत्री
  • 2642 पटक पढिएको

म्याग्दी, २१ मंसिर । श्रमिक महिला हिंसा न्युनिकरणका लागि स्थानीय सरकार, श्रमिकहरु र सरोकारवालहरुसंग टे«ड यूनियनको भुमिकाबारे शनिबार बेनीमा छलफल गरिएको छ। नेपाल टे«ड युनियन महांसंघ जिफ्ट नगर कमिटि तथा क्युफेक नेपालको आयोजना, बेनी नगरपालिका, मिलन म्याग्दी, सुहारा, राष्ट्रिय महिला अधिकार मञ्चको सहयोगमा महिला हिंसा न्युनिकरणसम्वन्धी छलफल गरिएको हो ।

क्युफेक नेपालको केन्द्रिय सदस्य बलादेवी राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पाटी केन्द्रिय सदस्य एवम् पुर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममायाँ थापाले महिला पुरुषमा समान ज्याला कार्यान्वयन हुन नसकेको बताउदै स्थानीय तह, श्रमिकहरु र निर्माण ब्यवसायी लगायत सबैले साचो दिनुपर्ने बताईन । थापाले महिला हिंसा विरुद्ध १६ दिने अभियान मात्र हिंसा न्यूनिकरण नहुने बताउदै ब्यवहारिक रुपमा घर समाजबाटै निरारकणको अभियानमा सबै लाग्न आग्रह गरिन । उनले श्रमिकहरुको समस्या स्थानीय सरकारले छिटोछरितो थाहा पाउने बताउदै समस्या न्युनिकरणका लागि पालिकाका जनप्रतिनिधि तथा कर्मचारी संवेदनशिल बन्नुपर्ने बताईन ।

त्यस्तै बेनी नगरपालिकाकी उपमेयर सञ्जु बरुवालले समान ज्याला कायम गर्नका लागि श्रमिकहरुको एकता आवश्यक रहेको बताउदै श्रमिकहरुको समस्या न्युनिकरणका लागि नगरपालिका संवेदनशिल रहेको प्रतिवद्धता जनाईन । कार्यक्रममा नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठले श्रमिकको हितमा रहेको ऐनकानुन कार्यान्वयनमा सबैले आ–आफ्नो क्षेत्रमा लाग्नुपर्ने बताए ।

श्रमिकहरुको नीति तथा कानुन सम्वन्धि मिलन म्याग्दी कार्यकारी निर्देशक दिपापुनले जानकारी गराएकी थिईन । भने कार्यक्रममा बगरफाट पहिरो पीडित सेते किसान, रेश्मी परियार, पार्वती परियारलाई जनही ३ हजार रुपैया दरले सहयोग हस्तान्तरण गरिएको थियो ।
जिफन्ट म्याग्दीका उपाध्यक्ष राजकुमार राईको स्वागत तथा क्युफेक म्याग्दी महिला संघकी सचिव पुजा छन्त्यालको संचालनमा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको उपस्थित रहेको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l