बागलुङ २ को प्रदेश (ख) मा बामगठबन्धनका शाही बिजयी

  • १६ मंसिर २०७६, सोमबार
  • 1661 पटक पढिएको

बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख) को उपनिर्वाचनमा बाम गठबन्धनको साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाका खिमबिक्रम शाही विजयी भएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको समर्थन पाएको राष्ट्रिय जनमोर्चाका उम्मेदवार शाहीले नेपाली कांग्रेसका उम्मेदवार जीत शेरचनलाई २ हजार ९७ मत पछि पार्दै विजयी भएका हुन  । शाहीले ११ हजार २ सय ३५ मत प्राप्त गरेका छन् भने शेरचनले ९ हजार १ सय ३८ मत प्राप्त गरे ।

यस क्षेत्रमा २०७४ को प्रदेश सभा निर्वाचनमा साविकको नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा वामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका स्व. टेकबहादुर घर्तीले ११ हजार ८ सय ८४ मत प्राप्त गरि बिजयी भएका थिए । त्यसबेला पनि घर्तीका प्रत्यासी रहेका कांग्रेसका शेरचनले ८ हजार ६ सय ६४ मत प्राप्त गरेका थिए । उक्त चुनावमा ३ हजार २ सय ६० मतको अन्तर थियो । यो अन्तर अहिले १ हजार भन्दा बढीले घटेको छ । सांसद घर्तीको असामयिक निधन भए पछि यस क्षेत्रमा उपनिर्वाचन भएको हो ।

आठ राजनीतिक दल र दुई स्वतन्त्र गरि १० उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये समाजवादी पार्टीका अशोक कुमार बिकले ३ सय १६ मत प्राप्त गरे । नेकपाबाट बागी उम्मेदवार रहेको स्वतन्त्र उम्मेदवार शेरमान घर्तीको क्लिप चिन्हमा ९५ मत परेको छ । घर्ती बाम गठबन्धनका उम्मेदवार जिताउन अन्ततः सक्रिय भए पनि एक समूह फरक जिल्लाको एजेण्डा सहित उनको क्लिप चिन्हमा भोट माग्दै हिडेको थियो ।

यसैगरि, मंगोल नेशनल अर्गनाईजेशनका मित्र बहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा संयुक्तका निमबहादुर भण्डारीले ३६, संघीय राष्ट्रिय लोकतान्त्रीक मञ्चका अनिल कुमार राईले ८, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर आलेले ३३ र राप्रपाका गणेश बहादुर कुँवरले ३७ मत प्राप्त गरेका छन् । कुल ३५ हजार १ सय ८४ मतदाता रहेको यो क्षेत्रमा २१ हजार ३ सय ९६ अर्थात ६१ प्रतिशत मत खसेको थियो । जस मध्ये ४ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए

बागलुङकै बडिगाड गाउँपालिका वडा नं. –२ मा वडाअध्यक्षका लागि भएको उप–निर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन बिजयी भएको थिए । शेरचन निकटम प्रतिद्धन्दी नेपाली काँग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका थिए । शेरचनले ७ सय ४ मत ल्याएका छन भने रानाले ४ सय १२ ल्याएका छन । त्यसैगरी समाजबादी पार्टीका हरिलाल रााले ६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालले जनाएको छ ।

कुल १ हजार ७ सय ४२ मतदाता मध्ये १ हजार १ सय ३४ मतदाताले मात्र मतदान गरेका थिए । ति मध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि  तत्कालिन एमालेका विष्णुप्रसाद भुषालले विजयी हासिल गरेका थिए । भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त अध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

को हुन खिमविक्रम शाही ?
राजमोका उम्मेदवार खिम विक्रम शाही पार्टीका जिल्ला सदस्य हुन् । उनी अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष हुँदै हाल जिल्ला सदस्यमा पुगेका छन । निसीखोला गाउँपालिका–३ बोहोरागाउँका शाही निमावी तहको शिक्षकको अस्थायी जागिरे थिए । शिक्षण पेशा छोडेर सक्रिय शाही, पाका र विश्वासीलाे नेताको रुपमा परिचित रहेका छन ।  शिक्षण पेशाबाट निवृत्त भएपछि राजनीतिमा सक्रिय भएका हुन् । उनि यस अघिको स्थानिय तहको निर्वाचनमा निसीखोला गाउँपालिकामा काँग्रेसका उम्मेदवार तारानाथ पौडेल सँग पराजित भएका थिए ।  विशेषत यस क्षेत्रमा काँग्रेस र गठबन्धनकै प्रतिष्पर्धा भएको थियो ।  नारायण रिजालकाे सहयाेगमा