ठेकेदारको लापरबाहीले अस्पतालको भवन अलपत्र

  • २७ कार्तिक २०७६, बुधबार
  • धिरन खत्री
  • 2560 पटक पढिएको

धिरन खत्री
म्याग्दी, २७ कात्तिक । ठेकेदारको लापरबाहीले म्याग्दी ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्तीले अलपत्र अवस्थामा थलिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित सुरु भएको भवनको एक महिना बाकी रहँदा साढे एक तलापनि पुर्ण रुपमा सम्पन्न गरेको छैन् ।


५० शैयाको अस्पताल निर्माणका लागि २०७३ साल पुषबाट सुरु भएको थियो । तिन तलाको भवन सम्पन्न गर्ने समय १ महिना बाकि रहदाँ भौतिक प्रगति ३० प्रतिशत मात्र सम्पन्न गरेको बेनी अस्पताल विकास समितिका अध्यक्ष वेलबहादुर कटुवालले बताए । ५० सैया क्षमताको सुविधा सम्पन्न अस्पतालको भवन समयमै निर्माण गरेर गुणस्तर सेवा दिने योजना भएपनि ठेकेदार कम्पनीको लापरबाहीले लम्विएको छ। सो सुविाधा जिल्लाबासीलाई समयमा दिनका लागि भवन निर्माणको ठेक्का लिएको श्री महादेव खिम्ती, गल्वा र रफिना जेभि कम्पनीले काम समयमा मेट्ने भन्दा पनि विगत एकमहिनादेखि कुनै काम नगरि समय गुजारेका छन् ।


भवन निर्माण कार्यमा भएको ढिलासुस्तीले दक्ष डाक्टरबाट जनतालाई दिनुपर्ने सुविधा दिन नसकिएको अध्यक्ष केसीले बताए । ढिलासुस्तीबारे स्वास्थ्य मन्त्रालयमा समेत जानकारी गराइसेको छु, ठेकेदारको लापरबाहीले अस्पतालको गुरुयोजना समेत प्रभावित भएको छ, भने डाक्टहरुले कार्य क्षमता देखाउन असहज भएको केसीले बताए ।


नेपाल सरकार सहकारी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, बागलुङले २४ करोड ४ लाख २२ हजार १५५ रुपैयामा जेभिलाई २०७३ पुषमा भवन निर्माण कार्यको ठेग्गा दिएको थियो ।
तिन तहको सरकारको प्रभावकारी समन्वय र जनप्रतिनिधिहरुलको बेवास्ता, अस्पताल विकास समितिले सरोकारवालासंग तिव छलफलमा ध्यान नदिदाँ भवन निर्माण ढिलासुस्ती भएको देखिन्छ । ठेकेदारलाई कानुनी कारबाहीमा लिएर भवन निर्माणमा अन्य प्रक्रिया अपनाउन सरोकारवालाहरुले जोड दिनुपर्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l