उपचारकै क्रममा ज्यान गुमाएका बालकका घरपरिवारलाई अष्ट्रेलियाबाट आर्थिक सहयोग

  • १९ कार्तिक २०७६, मंगलवार
  • 1876 पटक पढिएको

अस्पतालमै उपचारको क्रममा ४ महिनाको छोरा गुमाएका बेनी नगरपालिका–९ कुवागैराका नारायण चोखाल र पुष्पा भण्डारी चोखालका परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । नाबालक छोराको उपचारकै क्रममा भारतमा मृत्यु भएपछि छोराको उपचार खर्च तिर्न सहयोग पुगोस भन्ने उदेश्यले अष्टेलियामा रहेका नेपालीहरुले संकलन गरेको ८७६ डलर अर्थात रु ६७ हजार ८९० सहयोग रकम पिडित परिवारलाई हस्तान्रतण गरिएको हो ।


आर्थिक अभाबले उपचारमा समस्या भएको समाचार बाहिर आएपछि अष्ट्रेलियामा रहेका २१ जनाबाट आर्थिक संकलन गरिएको भएपनि बच्चाको उपचारकै क्रममा निधन भएको र उनका घरपरिवार भारतमै रहेकाले केहि ढिला गरि सहयोग हस्तान्तरण गरिएको आर्थिक संकलन अभियानका अगुवा प्रदिप कटुवालले बताए ।

                                    सहयाेगदाताहरूकाे नामावली

सो सहयोग रकम कटुवालले उपचारकै क्रममा ज्यान गुमाका बालकका हजुरआमा खिमकुमारी भण्डारीलाई हस्तान्तरण गरेका छन् । उपचारकै क्रममा बालकको निधन भएको र उपचारकै लागि संकलन गरिएको रकमलाई उनको उपचारको क्रममा लागेको ऋण तिर्न सहयोग पुगोस भन्ने उदेश्यले सहयोग गरिएको कटुवालले बताए ।