ग्रामीण क्षेत्रमा मिनि हलो कल्टिभेटर प्रति आकर्षण बढदो

  • ३० आश्विन २०७६, बिहीबार
  • 435 पटक पढिएको

थम्मन थापा

असोज ३० बागलुङ । विदेशिने क्रम बढे सॅगै गाउॅमा काम गर्ने कामदारको अभाव छ । महान चाड दशैं सकिए लगत्तै खेतमा धान झुलेको छ र कृषकलाई धान भित्राउने अनि गहुॅ छर्ने चटारो छ । यतिबेला गलकोट नगरपालिका ७ मल्म आगाॅखेत, बाह्रमुरी अनि आगाॅको फाॅटमा यहि दृश्य देख्न पाईन्छ । दशैं मनाउन गाॅउ आएकाहरु पनि फर्किसकेका छन भनें केहि तिहार मनाएर फर्किदै छन । गाउॅमा कामदार पाईनै मुस्किल छ धान काटने, झाॅटने, पराल बाॅध्ने र बोक्ने समस्या छ ।

प्राय गाउॅका सबै युवा युवती रोजगारीको सिलसिलामा जापान, अष्ट्रेलिया, अमेरिका, क्यानडा, दुवै कतार, मलेसिया लगायतका देशमा कार्यरत छन । पछिल्लो समय सडकको विस्तार सॅगै प्रविधिले भनें धेरै सहजता प्रदान गरेको छ । कामदारको अभावमा प्रविधि र उपकरणहरु किसानका सहयात्री बनेका छन । खेत जोत्न कल्टीभेटर मिनी हलो ट्याक्टर निकै उपयोगी बनेको छ । त्यस्तै धान बोक्न र पराल ओसार्न ट्याक्टर निकै बहुउपयोगी बनेको छ । गाउॅमा मानिसको अभाव सॅगै विस्तारै गोरु पाल्ने प्रचलन हराउॅदै गएको छ । एकादले गोरु पालेका छन तर ६ महिना पहिले नै उनीहरुलाई बुकिङ गर्नुपर्ने स्थानियको बाध्यता छ ।

बुकिङ नगरे पाईदैन यसले गर्दा स्थानिय स्तरमा कल्टीभेटर अर्थात मिनी हलो ट्याक्टर उपयोगी बनेको छ । गोरुले दिनभर लाग्ने मेलो दुई तीन घण्टामै यसले काम गर्छ तर पहाडी क्षेत्रमा भन्ने अग्ला काल्ना र गराहरुमा लैजान ल्याउन निकै सास्ती खेप्नु पर्छ । अहिले धेरैले मिनी कल्टीभेटर प्रयोग गर्दछन भनें खरिद पनि गरेका छन त्यस्तै गलकोट नगरपालिकाले अनुदानमा कृषकलाई उक्त मेसिन समेत उपलब्ध गराएको छ । गाउॅ टोलमा सडकको पहुॅच बढे सॅगै ट्याक्टर मार्फत ढुवानी गर्न समेत सजिलो भएको छ । परम्परागत रुपमा गरिने खेती कृषि विस्तारै समय सापेक्ष रुपान्तरण हुॅदै आएको छ स्थानियको दैनिकी समेत फेरिएको छ ।

यसले कृषकको दैनिकीमा समेत सहजता ल्याएको छ । हाल नेपालका पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ । कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको माग बढेको हो । पछिल्लो समयमा किसानले मिनी टेलर हलो, कम्बाइण्ड राइस मिल, रूख काट्ने मेशिन, धान काट्ने थ्रेसर, मकै छोडाउने क्रन थ्रेसर लगायतका औजारको प्रयोग गर्न थालेपछि यसको कारोवार समेत बढेको छ । कृषि औजारमध्ये किसानले जोत्नका लागि मिनी टेलर हलो अत्यधिक रुचाएका छन् ।

थोरै समयमा धेरै काम गर्न सकिने र सजिलो भएका कारण गोरुको विकल्पका रुपमा मिनी टेलर हालो बनेको हो । हाल नेपालका पहाडी जिल्लामा समेत कृषिमा आधुनिकीकरण भित्रिएसँगै आधुनिक कृषि उपकरण तथा औजारको माग बढेको छ । कृषि प्रधान मुलुकमा खेतीपाती गर्ने प्रणालीमा परिवर्तन हुन थालेसँगै आधुनिक कृषि प्रविधिको माग बढेको हो ।