विश्व रेविज दिवश सेप्टेम्वर २८ सर्न्दभमा

  • ८ आश्विन २०७६, बुधबार
  • 1977 पटक पढिएको

 

म्याग्दी, ८ असाेज ।  खोप लगाऔं, रेविज उन्मुलन गरौं ,  हरेक वर्षको सेप्टेम्वर २८ का दिन, विश्व रेविज दिवश, संसारभर प्राण घातक रेविज रोगका वारेमा जानकारी मुलक कार्यक्रम सन्चालन गरेर मनाउने गरिन्छ भने नेपालमा पनि पशु सेवा संग संवन्धित निकायहरूले मनाउने गर्दछन् । यस वर्ष पनि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र वेनी नगरपालिका, पशु सेवा शाखाको संयुक्त आयोजनामा सप्ताहाव्यापि रुपमा सचेतनामुलक कार्यक्रम र रेविज विरुद्ध भ्याक्सिनेसन कार्यक्रम चलाएर रेविज दिवश मनाइदै छ । विश्वभरमा प्रत्येक वर्ष रेविज रोगका कारण ५५००० मानिस मर्छन भनिएको छ । अमेरिकामा पनि वर्षमा १–२ मानिस रेविज रोगका कारण मानिस मर्छन ।


सार्वजनिक वा सरकारी स्तरबाट विश्व रेविज दिवश मनाउने भनेर विधिवत रुपमा सन २००७ बाट मनाउन शुरु गरिएको हो । पशुमा यसले कस्तो असर देखाउंछ र यसका कारणले मानव स्वास्थ्यमा कसरी असर पार्न सक्छ यो व्यापक रुपमा जनचेतना फैलाउनु पर्ने विषय हो जसका कारण यस रोग लाग्ने जोखिमबाट हद भन्दा हद जोगाउन सकियोस ।
के हो रेविज रोग ?
यो र्याब्डोभाइरस नामको विषाणुबाट सर्ने अति तिव्र रुपमा फैलने प्राणघातक रोग जुन मुख्य गरेर मासु खाने जनावर(कार्निभोरस) का साथै म्यामेलियन परिवारका पशु जस्तो गाई, भैंसी भेडा बाख्रा आदि लगायत मानिसलाई पनि हुने रोग हो र यो रोग लागेर लक्षण देखिए पछि उपचार संभव छैन । विषाणु बाट लाग्ने यो रोग विरुद्ध समयमा टोक्नु भन्दा पहिला वा टोक्ने वित्तिकै खोप लगाइयो भने यसबाट वच्न सकिन्छ ।

यो रोग कसरी सर्छ ?
यो रोग लागेका पशुले टोकेमा वा यिनको र्यालमा लसपस भएमा वा यो रोगका विषाणु लिएर हिडेका तर उनलाई असर नपार्ने खालका फ्याउरो, चमेरो, न्याउरी मुसो आदिले टोकेमा यो रोग लाल्दछ । हावाको माध्यमबाट यो रोग सरेको त्यति धेरै रेर्कड छैन । रेविज रोग लागि मरेको पशुमा यसका विषाणुहरू पशु मरेको २४ घण्टा पछि मर्छन र रोग सर्ने त्यति डर हुंदैन । यस रोगका विषाणुको ओथारो अवधि २–५ दिन वा सो भन्दा माथि पनि हुन सक्छ ।

यो रोग लागेको कसरी थाहा पाउने(लक्षण) ?
पशुहरूमा यो रोगका विषाणु शरिरमा प्रवेश गरे पछि विषाणुको संख्या अत्याधिक मात्रामा वृद्धि भए पछि दिमागमा यसले डेरा जमाउने गर्दछ । यस रोगका विषाणुले ग्रस्त पारे पछि पशुले आफ्नो स्वाभावमा परिवर्तन देखाउंछ । यस रोगमा खास गरि तीन फरक फरक प्रकृतिले लक्षण देखाउने गर्दछ । लक्षण देखाउने अवधि यति नै दिन भन्न नसकिने र शरिरको कुन भागमा टोकेको छ वा कति मात्रामा विषाणु शरिर भित्र पसेको छ त्यसमा भर पर्दछ ।

क) पूर्व रुप९एचभ मयचmब िँयचm०
ड्ड यो रुप कुकुरहरूमा २–३ दिन सम्म रहने र यो शुरुको रुप हो ।
ड्ड थकित हुने ।
ड्ड खाना खान मन नगर्ने ।
ड्ड अस्वाभाविक स्वाभाव देखाउने ।
ड्ड कुकुर वा पशु लाटो जस्तो देखिने ।
ख) उत्तेजित ९ँगचष्यगक ँयचm० रुप ः
ड्ड कुकुर वा अन्य पशुले आफ्नो स्वभावमा परिवर्तन देखाउने ।
ड्ड दांत, मुख, सिंह अत्यधिक मात्रामा चलाउने ।
ड्ड आंखाका नानीहरू ठूलो हुने । हावामा टोक्दै हिड्ने ।
ड्ड पुच्छर टांगा मुनि राखि हिड्ने ।
ड्ड कराउने, भुक्दै हिड्ने ।
ड्ड अगाडि जे आउंछ त्यसलाई आक्रमण गर्ने ।
ड्ड साना साना कुकुरका छाउरा मान्छे संग अलि बढी मात्रामा खेल्न खोज्ने ।
ड्ड भुइ खोस्रने, छिन छिनमा पिसाव फेर्ने ।
ड्ड खाना नखाने, दुधालु पशु भए दुध स्वाटै सुक्ने ।
ड्ड केजमा थुनेको कुकुरले केजनै चपाउन खोज्ने ।
ग) पारालाइटिक वा डम९एबचबथितष्अ यच म्गmद ायचm०
ड्ड यस अवस्थामा कुकुरको हिड्डुल गर्न नखोज्ने ।
ड्ड अध्यारो कुनामा गई वस्ने ।
ड्ड टाउको र घांटीमा यसको असर देखिने ।
ड्ड थुक निल्न नसकि अध्याधिक मात्रामा र्याल काड्ने ।
ड्ड पानी, हावा देखि डराउने ।
ड्ड तलको वंगरा झरेको देखिने ।
ड्ड घांटीमा केही अड्के जस्तो हुने ।
ड्ड पशु शिथिल हुने र टोक्न पनि नसक्ने ।
ड्ड सास फेर्न गाह्रो हुने ।
ड्ड शरिरका विभिन्न भागमा पारालाइसिस वा शरिर नचल्ने ।
ड्ड पशु कोमा वा वेहोस हुने र अत्यमा मृत्यू हुन्छ ।
रोगको निदान ९म्ष्बनलयकष्क०
 लक्षणको आधारमा ।
 प्रयोगशाला परीक्षण र्याल वा मरेको पशुको दिमागको कोष परीक्षण गरेर ।
उपचार तथा रोकथाम
पचार ः
रोगको लक्षण देखिइ सके पछि उपचार छैन तर टोक्ने वित्तिकै अस्पताल गएमा विभिन्न दिनमा गरेर पोष्ट वाइट खोप लगाउन सकिन्छ । पशुहरूमा पोष्ट वाइट खोप तालिका ०, ३, ७, १४, ३० र ९० दिनमा लगाउनु पर्दछ ।
रोकथाम ः
 रोग सार्न सक्ने घरेलु जनावर कुकुर, विरालोमा रेविज विरुद्ध खोप नियमित रुपमा लगाउने । समयमा खोप लगाएमा यो रोग १०० प्रतिशत प्रिभेन्टेवल(रोकथाम हुन सक्ने) हो ।
 यदि टोकी हाल्यो भने तुरुन्त सावुन पानी, आयोडिनले घाउ सफा गर्ने र भ्याक्सिन लगाउन जाने ।
 पशु संग वाराम्वार खेल्नु पर्ने भेटेरिनरीयन, पाराभेटेरिनरीयन वा पशु स्वास्थ्य कर्मिले यस विरुद्ध खोप लगाउनु पर्दछ ।
 रेविज रोगका वारेमा जन मानसमा जानकारी मुलक कार्यक्रमहरू चलाइनु पर्दछ ।
 भूस्याहा कुकुरलाई खोप लगाउने ।
 जथाभावि कुकुरको हिडडुल नियन्त्रण गर्ने ।
 रोग लागेको कुकुरलाई नमारी नियन्त्रणमा राख्ने र कुकुर मर्यो भने हिफाजत तरिकाले गाड्ने र त्यसमाथि चुनपानी, फर्मालिन, पोटास पानी छर्कने ।
 आफुले पालेका कुकुरहरू अनिवार्य रजिष्ट्रेसन गर्ने अभियान चलाउने ।

सन्र्दभ सामाग्री ः
ड्ड ब्लड भेटेरिनरी मेडिसिन
ड्ड मर्क भेटेरिनरी म्यानुअल
ड्ड इन्टरनेट

नारायण कुसुम
पशु चिकित्सक,
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी