भ्रष्टाचारमा लिप्त केन्द्रीय नेताको बगलीमा बसेर सेल्फी खिच्दैमा विकासको मुल फुट्छ र महोदयहरु ?

  • ८ आश्विन २०७६, बुधबार
  • 2247 पटक पढिएको

६० को दशकको सुरुदेखी नै युवाहरु बैदेशिक रोजगारमा जाने होड चल्यो । यसको प्रतक्ष्य फाइदा मेनपावर व्यवसायीलाई भयो । जब बिदेश बाट पैसा (रेमिट्यान्स) आउन थाल्यो, रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुले उक्त रेमिट्यान्स आफ्नो कब्जा मा पारे । हाम्रो पुजी जति मेनपावर व्यवसायी ,रेमिट्यान्स कम्पनी र घर जग्गा व्यवसायीहरुको हातमा छ । त्यसैले उक्त पुजीपतीहरुले नै कृषि तथा अन्य उत्पादन मुलक उध्योग मा आफ्नो पुजी लगानी गरि युवा हरुलाइ रोजगार दिदै गाउँ को आर्थिक उन्नती का लागि अघि बढ्नु पर्दछ ।
काम हरेक गाउँ ठाउँ मा भन्ने गरिन्छ कि नेता भएनन् र समाज र रास्टको बिकास हुन सकेन । के यो सत्य हो ? एकछिन सोचौ त ।


अह होइन नेता मात्रै दोषी छैनन् यसमा हामी पनि वरावरका भागीदारी छौ । हाम्रो समाज दोषी छ र त चाहेअनुरुपको बिकास भयको छैन। हरेक क्षेत्रमा चरम भ्रस्टाचार भै रहेको छ । अहिले न राणा शासन छ नत राजा शासन नै छ । यो त सङ्घीय गणतान्त्रीक मुलुक हो । गणतन्त्रमा जनता नै सर्व शक्तिमान हुन्छ । तर हामी आफ्नो ताकत र दाहित्व बिर्सिएर नेता भनिने राजनितिक दलालहरुको पुजा गरिरहेकाछौ । जसले हामीले गाउँ र रास्ट्रको बिकास को लागि दबाब दिनु पर्ने हो, उसैलाई हामीले मेरो लागि भष्टाचार गर्दे न भन्दै उस्को घर दैलो ढुकी रहेका छौ । अनि बन्छ गाउँ? अनि बन्छ देश?

हामी आफ्नो ताकत र दाहित्व बिर्सिएर नेता भनिने राजनितिक दलालहरुको पुजा गरिरहेकाछौ । जसले हामीले गाउँ र रास्ट्रको बिकास को लागि दबाब दिनु पर्ने हो, उसैलाई हामीले मेरो लागि भष्टाचार गर्दे न भन्दै उस्को घर दैलो ढुकी रहेका छौ । अनि बन्छ गाउँ? अनि बन्छ देश?

अह ! यसरी गाउँ र देश समृद्ध बन्दैन । त्यसैले हामीमा रहेको नेताको चाकडी गर्ने मानसिकता नै मुख्य रुपमा विकास बाधक छ । र हामी सबैलाई थाहा भएको कुरा र लागू नगरीएको कुरा यो हो कि भ्रस्टाचार नरोकीकन विकास सम्भव छैन । तर हामी यस बारेमा कहिल्यै सोच्यौ ?? अह ! कत्ती पनी सोचेनौ । हामी चाहन्छौ कि अर्काले भ्रस्टाचार रोकी देओस । अरुले भ्रस्टाचार नगरुन तर आफू चाहिँ गरि रहन चाहन्छौ । हामी नेताको घर दैलो धाउन छोड्ने वाला छैनौ । जसले अलि कति पार्टीगत रुपमा केन्द्रमा लिङ्क भएको व्यक्ती राष्ट्रकै ठुला भ्रष्टाचारी भनिएका प्रमुख दल का नेता सगँ उभिएर सेल्फी लिन्छ र गर्व गर्दै फेसबुकमा हाल्छ । उस्ले मात्र होइन हामीले पनि आफ्नो सानो नेता देखेर गर्व गर्दै भन्छौ कि वाह हाम्रो त केन्द्र सम्मै लिन्क छ । कस्ले भन्छ प्रचन्ड, शेरबहादुर र केपी वली भ्रस्ट छैनन भनेर?

अरुले भ्रस्टाचार नगरुन तर आफू चाहिँ गरि रहन चाहन्छौ । हामी नेताको घर दैलो धाउन छोड्ने वाला छैनौ । जसले अलि कति पार्टीगत रुपमा केन्द्रमा लिङ्क भएको व्यक्ती राष्ट्रकै ठुला भ्रष्टाचारी भनिएका प्रमुख दल का नेता सगँ उभिएर सेल्फी लिन्छ र गर्व गर्दै फेसबुकमा हाल्छ । उस्ले मात्र होइन हामीले पनि आफ्नो सानो नेता देखेर गर्व गर्दै भन्छौ कि वाह हाम्रो त केन्द्र सम्मै लिन्क छ ।

तिनीहरु सगँ फोटो खिचेर गर्व गर्नु को मतलव के हो ? के हामी पनि महा भ्रष्ट बन्न खोज्दै छौ भनेर साङ्केतीक मनोभाव जनता समक्ष पेस गर्नु भएको हो । जब एक अनपढ भनौ या अर्दशिक्षित युवा चुनाब ताका विपक्षी दलको कार्यकर्ता लाई कुटपिट गर्छ र उ समाज को नायक कहलिन्छ । उसलाई देखेर हामी गर्व गर्छौ । अनि जब एउट शिक्षित युवा कृषि मा लाग्छ, जब खेत जोत्न थाल्छ, हामी उसलाई देखेर खिस्सिट्युरी गर्छौ । अब भन्नुस के भ्रस्टाचारी र गुण्डालाइ देखेर गर्व गर्ने अनि युवा उद्धमी लाई देखेर खिसिटियुरी गरेर समृद्धी हात लाग्छ ?
अझ भनौ समाज म कोइ सरकारी कर्मचारी छ । जसको आम्दानी प्रती महिना २५,००० हजार छ । उस्ले केही बर्षमा सहरमा तीन तले घर बनाउछ र हामी उसलाई उदााहरण दिदै आफ्ना सन्ततीलाई गाली गर्छौ भन्छौ उ फलानो ले जस्तो गर, नत्र त निकम्म होस । यस्तो गर्दा कलिला बालबालिकाले के सिक्छन? यहि कि जति भ्रष्टाचार गर्यो, उति समाजमा इज्जत हुन्छ भनेर । यसरी दिनानु दिन भ्रस्टाचार को बढवा दिने हो र पुस्तान्तरण गर्दै जाने हो भने यो भ्रष्टाचार रहदैन यो त हाम्रो सस्कार बन्नेछ । त्यसैले यदी हामी बिकास चाहन्छौ भने कृपया आजबाट भ्रस्टाचार बन्द गर्न तिर लागौ ।

आफू पनि भ्रस्टाचार नगरौ अरुलाइ पनि भ्रस्टाचारको लागी प्रोत्साहान नगरौ । फेरि पनी निवेदन गर्न चाहे भ्रस्टाचार निर्मुल पर्ने उपाय भ्रस्टाचारलाई सामजिक बहिस्कार गर्नु नै हो । जुन दिगो हुन्छ यसरी समजिक बहिस्कार गर्दा बालबच्चा तथा किशोरकिशोरीहरुले भ्रस्टाचार र भ्रस्टाचारी दुबैलाइ घिणा गर्नेछन्। यदि यसरी सबैले भ्रस्टाचारलाई घिर्णा गर्ने हो भने आफै बन्द हुन्छ भ्रस्टाचार केही समयमा ।

 

प्रश्न उठ्न सक्छ कसरी बन्द गर्ने भ्रस्टाचार ? सुरुवात आफै बाट गरौ । आफ्नो लागि भ्रस्टाचार गराउन नेताका घर दैलो धाउन छाडौ । कुनै पनी भ्रस्टाचार विरोधी कार्यक्रम ले मात्र यो सम्भब छैन । त्यसैले हाम्रो समाजमा भ्रस्टाचारीलाइ सामाजिक बहिस्कार गरौ । हामी आफु कति भ्रष्ट छौ? लाग्छ भ्रस्टाचारलाई बढवा दिनु अझ ठुलो भ्रस्टाचार हो । त्येसैले आफू पनि भ्रस्टाचार नगरौ अरुलाइ पनि भ्रस्टाचारको लागी प्रोत्साहान नगरौ । फेरि पनी निवेदन गर्न चाहे भ्रस्टाचार निर्मुल पर्ने उपाय भ्रस्टाचारलाई सामजिक बहिस्कार गर्नु नै हो । जुन दिगो हुन्छ यसरी समजिक बहिस्कार गर्दा बालबच्चा तथा किशोरकिशोरीहरुले भ्रस्टाचार र भ्रस्टाचारी दुबैलाइ घिणा गर्नेछन्। यदि यसरी सबैले भ्रस्टाचारलाई घिर्णा गर्ने हो भने आफै बन्द हुन्छ भ्रस्टाचार केही समयमा । यसको साथ साथै हामी सगँ भएको कानुनको उच्चतम उपयोग गरि भ्रस्टाचारी लाई कार्बाही गर्नु पर्दछ। यसरी भ्रस्टाचार रोकिए पछि बिकासका लागी मार्ग फराकीलो हुनेछ । समृद्ध नेपालको कल्पना यर्थाथमा बदलीने छ ।

रमेश गुरुङ्
रघुगंगा–३, पिप्ले, म्याग्दी