सातवटा हेलिकोप्टरको आपतकालीन अवतरण

  • ३१ भाद्र २०७६, मंगलवार
  • 1702 पटक पढिएको

लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो ।

मंगलबार लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । भने काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवतरण भएका सातवटै हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् । हेलिकोप्टरमा सवार यात्रुहरुमा अधिकांश विदेशी रहेको प्रहरीले जनाएको छ ।

मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् ।

त्यस्तै, नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ ।

 

राताेपाटीबाट साभार गरिएकाे हाे ।