रघुगंगा गाउँपालिका अध्यक्षलाई खुलापत्र– पानीको राजनिती कहिले सम्म ?

  • ३१ भाद्र २०७६, मंगलवार
  • 6481 पटक पढिएको

श्री रघुगंगा गाउँपालिका अध्यक्ष ज्यू,
नमस्कार ।
सर्वप्रथम यहाँले रघुगंगा गा.पा.को अभिभावकत्व ग्रहण गरी तेस्रो वर्षमा पाइला टेक्नु भएकोमा बधाई तथा धन्यवाद । तपाई गाउँको नाताले म लगायत सम्पुर्ण रघुगंगा गा.पा. बासीको अभिभावक भएकाले केहि अनुरोध गर्नका लागि यो खुला पत्र लेख्ने जमर्को गरेको छु कृपया स्वीकार्नुहोला ।

रमेश गुरुङ्, रघुगंगा–३, पिप्ले, म्याग्दी

हरेक राजनीतिकर्मीले जस्तै यहाँहरुले पनि चुनावताका चुनाबी घोषना पत्र उल्लेख गर्नुभएका योजनाहरु कम चाख लाग्दा थिएनन् । जब पदासीन हुन भयो त्यसपछि पनि विभिन्न योजना ल्याउनुु भयो तर कार्यान्वयन भएको देख्न पाइएन ।
अध्यक्ष महोदय , हजुरहरुले ल्याउनु भएको विभिन्न योजना मध्य एक हो अर्गानिक रघुगंगा , सामान्य भासामा विषाधी मुक्त खेति नै अर्गनिक खेति हो तर हजुरको भाषामा चाहि सिँचाई बिनाको खेति अर्गनिक हो ? किनभने अर्गानिक खेतिको लागि उक्त जमिनमा ५ बर्ष देखिनै कुनैपनि रसायनिक मल तथा विषादी प्रयोग नगरी जैविक रुपमा खेती गरिनु पर्दछ तर यहाँ विभिन्न रसायनहरु धमाधम प्रयोग भैरहेका छन । त्यसलाई रोक्नु भएको छैन अनि खेतिको लागी अत्यावश्क सिचाँईको व्यवस्था गर्नु भएको छैन् ।

चुनावताका यो पनी भनियोकी “कालिगण्डकीको पानीले राखुको सिचाँईको समस्या समाधान गर्नेछौ” । सायद म नजन्मदै देखि चिमखोलाको पानीले रखुका प्यासी जनताको घाटी भिजाउने छौ भनेर धेरै राजनितिज्ञहरुले मत हासिल गरे । कहिले सम्म यस्तै भईरहने ???

चुनावताका यो पनी भनियोकी “कालिगण्डकीको पानीले राखुको सिचाँईको समस्या समाधान गर्नेछौ” । सायद म नजन्मदै देखि चिमखोलाको पानीले राखुमा प्यासी जनताको घाटी भिजाउने छौ भनेर धेरै राजनितिज्ञहरुले मत हासिल गरे । कहिले सम्म यस्तै भईरहने ???

अध्यक्ष महोदय, कृपया कालिगण्डकी छाडी चिमखोलाकै पानी सिचाँईको लागी राखुमा लिएर आउनुहोस, अज्ञानिक राखु हामी बनाउने छौ । कृपया अव तपाईहरुले यो पानी राजनिती अन्य गर्नुहोस ।

महोदय हिजो मात्र रघुगंगाको विकास गतिविधी बारे बनाइएको बृत्तचित्र युट्युवमा हेरेँ तर कुनै चाख लाग्ने खुसिका कुरा देखीएन । नत गतिलो भावि योजना नै देखें । महोदय यहाँलाई अवगत भएकै कुरा हो की कुनै पनि गाउँ वा राष्ट्रको आर्थिक उन्नतकिो लागी सोहि ठाउँमा उत्पादित वस्तु बाहिर निर्यात गति मुद्रा भित्राउनु पर्दछ । यहाँले देख्नु भएको छ हाम्रो विडम्बना बिहान उठेदेखी नसुत्दासम्म आयातित वस्तुको उपयोग गर्नुपरिरहेको छ । तपाईहरुले भन्नु होला सडक सञ्जालले पुरै गाउँ जोडिसक्यौं ।

१, २ र ३ वडामा पक्कि सडक बन्ने काम धमाधम भैरहेको छ । हो यही सडक देखेर त मलाई डर लागी रहेको छ की यो फराकिलो पक्की सडकमा गुड्ने ठुला गाडीहरुले अझै छिटो हाम्रो गाउँ दोहन गर्ने भए । ती सव ठुला गाडिले विषदीयुक्त खाद्यान्न लिएर बदलामा हाम्रो गाउँको पैसा बाहिर लाने छन् ।

महोदय यदी राखुमा सिचाँईको व्यवस्था भएन भने गाउँको हालत सोच्न लायक हुनेछैन । अवका आउने बर्षहरुमा जसरी पनी सिचाँईको व्यवस्था हुनु पर्दछ । तपाईका समृद्ध रघुगंगा बनाउने कार्ययोजना के छन् ? के तपाईका योजनाहरुले गाउँपालिका समृद्ध बनाउछन् त ? अहँ मैले त एक रती पनी देखिन । एक छिन सोच्नुहोस त महोदय, उत्पादन र निर्यात विना गाउँ समृद्ध कसरी बन्छ ? अहँ बन्दै बन्दैन । म यहाँलाई फेरी पनी निबेदन गर्दछु, कृपया सिँचाईको व्यवस्था गर्दनुहोस कृषकका लागी मात्र होईन अन्य उद्योगका लागी पनि पानी अपरिहार्य छ । अघिल्लो आर्थिक बर्षमा प्रदेश सरकारबाट बिनियोजीत लिफ्टिङ् सिचाई परियोजना के हुदैछ महोदय ?

अहिले प्रदेश सरकारबाट रघुगंगा २, राखुभगवतीमा नमुना कृषि क्षेत्र बनाउनका लागी बजेट विनियोजन भएको कुरा सुन्दै छु । अध्यक्ष ज्यु, सिचाँई विना कसरी नमुना कृषि क्षेत्र बनाउन सम्भव होला ? के बजेट विनियोजन भयो भने अन्य सबै कुरा पैसाले नै गर्छ भन्ने तपाईहरुको तात्पर्य हो ।
अध्यक्ष ज्यु, म एउटा योजना सुनाउन गैरहेको छु । लेकतिर भेडाबाख्रा पालन गरि मासु तथा उन जन्य उत्पादन, बेसीमा चिमखोलाको पानी लिएर माछापालन, अनि माछापोखरीबाट निस्कासित पानीले सिचाँई गरी यहाँले भनेकै अर्गानिक फलफुल र तरकारी खेती अनि जब फलफुलका विरुवा हुर्कन्छन् अनि फलफुलका बगैचा भित्र लोकल कुखुरा, कालिज तथा अन्य पन्छीहरु पालन गर्ने अनि यी सबै उत्पादित वस्तुहरु निर्यात गर्ने । सोच्नुहोस त अव यती गरे समृद्ध गाउँपालिका बन्दैन ? यती भयो भने पर्यटनको पनी बृद्धि हुन्छ । गाउँको शिरमा टावर ठडाउदैमा कोही पर्यटन किन आउन, पर्यटकको लागी उपयुक्त वातावरण बन्न सक्छ यती गर्न सक्ने हो भने ।
यहाँलाई अर्को एउटा अनुरोध गर्न मन लाग्यो । यहाँको व्यक्तिगत आर्थिक हैसियत उच्च छ । यो कुरा सबै जान्दछन् । जसरी यहाँले घोषणा गर्नु भयो की “मेरो पारिश्रमीक दुखि गरिवलाई सहयोग गर्नेछु” ।

माफ गर्नुहोस महोदय कृपया यो काम बन्द गर्नुहोस, तपाई गरिवहरुलाई भिखारी बनाउदै आफु राजनितीमा टिक्ने प्रयास गरिरहनु भएको छ । सोच्नुहोस त महोदय, गरिवलाई भिख दिएर कुन गाउँ समृद्ध भएको छ । उनिहरुलाई रोजगारीको व्यवस्था गर्नुहोस गाउँ त्यसै समृद्ध बन्ने छ । यहाँसगँ भएको पुजिँ प्रयोग गरेर हाम्रो गाउँपालिकामा जडिबुटी संकलन तथा प्रसोधन केन्द्र खोल्नुहोस, मुनाफा लिनुहोस गरिवलाई रोजगारी दिनुहोस् र गाउँपालिकालाई समृद्ध बनाउनु होस ।

अन्त्यमा महोदय यहाँलाई फेरी अवगत गराउन चाहान्छु कि गाउँको पैसा बाहिर पठाउने सडक बनाएर गाउँ समृद्ध बन्दैन, यसले जनतालाई झन गरिव बनाउछ । यसैले गाउँबाट प्रशोधित जडिबुटी, अर्गानिक फलफुल तथा तरकारी अनि मासु तथा उनजन्य उत्पादन निर्यात गरी तिनै ठुला गाडिले गाउँमा लिएर आएको र हाम्रो उत्पादन बोकेर लगेको हेर्न आतुर छु ।

अन्त्यमा महोदय यहाँलाई फेरी अवगत गराउन चाहान्छु कि गाउँको पैसा बाहिर पठाउने सडक बनाएर गाउँ समृद्ध बन्दैन, यसले जनतालाई झन गरिव बनाउछ । यसैले गाउँबाट प्रशोधित जडिबुटी, अर्गानिक फलफुल तथा तरकारी अनि मासु तथा उनजन्य उत्पादन निर्यात गरी तिनै ठुला गाडिले गाउँमा लिएर आएको र हाम्रो उत्पादन बोकेर लगेको हेर्न आतुर छु । फेरी पनि अनुरोध गर्दछु कृपया सिचाँईको समस्या हल गरी अब देखी पानी राजनीति बन्द गर्नुहोस । म यहाँहरुलाई राजनीतिकर्मीको रुपमा होईन हाम्रो नेताको रुपमा हेर्न आतुर छु ।
रमेश गुरुङ्
रघुगंगा–३, पिप्ले