म्याग्दी क्याम्पसमा अन्तराष्ट्रिय स्तरको गुणस्तर मान्यता प्राप्तीको तयारी

  • २८ भाद्र २०७६, शनिबार
  • 2706 पटक पढिएको

म्याग्दी, २८ भदौ । सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले अन्तराष्ट्रिय स्तरको गुणस्तर सुनिश्चितताको मान्यता प्राप्तीको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेको १२० वटा सुचकहरु अधिकाँश पुरा गरेको क्याम्पसमा गुणस्तर परिक्षणको लागि अन्तीम स्थलगत अनुगमनको लागि समकक्षी भ्रमण हुने भएको छ ।

प्राध्यापक डाक्टर वासुदेव काफ्लेको नेतृत्वमा विदेशी विज्ञ प्राध्यापक डाक्टर पंकज कुमार नटवारलाल गज्जार लगायतको ५ सदस्यीय टोलीले क्याम्पसको क्यूएए(गुणस्तर सुनिश्चितता प्रत्यायन)को आधारहरुबारे असोज १ देखि ५ गतेसम्म स्थलगत अवलोकन तथा निरिक्षण गर्ने भएका हुन् । आयोगले तय गरेको १२० वटा सुचकहरुलाई १०० अंकमा मापन गर्दा क्याम्पसले ५० अंक प्राप्त गर्न सके क्यूएएको मान्यता प्राप्त गर्ने क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए ।

क्यूएए प्राप्तीका लागि क्याम्पसले स्तरीय पूर्वाधार, शिक्षण शिकाईमा आधुनिक प्रविधिको प्रयोग, पुस्तकालय व्यवस्थापन, सभाहल निर्माण सहित आन्तरिक व्यवस्थापन र अभिलेखलाई चुस्त बनाउने लगायतका कार्यहरु गरिसकेको छ । ‘‘ हामी गुणस्तर परिक्षणको महाअभियानमा छाँै, आयोगले तय गरेका मापदण्डहरु लगभग सबै पुरा गर्नतर्फ हाम्रो प्रयास भैरहेको छ, आयोगले क्युएए प्राप्तीको मान्यता दिनेमा हामी ढुक्क छाँै’’–अध्यक्ष सुवेदीले भने ।

टोलीले क्याम्पसको भौतिक पूर्वाधार र शिक्षण शिकाईको स्थलगत निरिक्षण र अवलोकन गर्नुको साथै सञ्चालक समिति, क्याम्पसका शिक्षक, कर्मचारी,विद्यार्थी, पूर्व विद्यार्थी, अभिभावक र सरोकारवालासंग छुट्टाछुट्टै छलफल गरि क्याम्पसले स्वमूल्यांकनमा प्रतिवेदनमा उल्लेख गरेका कुराहरुलाई गोप्य अंक दिएर क्याम्पसको गुणस्तर परिक्षण गर्ने क्याम्पस प्रमुख टिकाराम सापकोटाले जानकारी दिए । उनका अनुसार, विज्ञहरुले गर्ने परिक्षणमा उर्तिण हुन सफल भए म्याग्दी बहुमुखी क्याम्प्स हिमाली जिल्लाहरुमध्ये पहिलो गुणस्तर परिक्षण गरि क्यूएए मान्यता प्राप्त क्याम्पस हुनेछ । नेपालमा अहिलेसम्म ३६ वटा सरकारी र साुमदायिक क्याम्पसहरुले मात्रै गुणस्तर परीक्षणको प्रमाणिक प्रमाणपत्र प्राप्त गरेका छन् ।

क्यूएए प्राप्तीको अभियान अन्र्तगत आयोगले गुणस्तरको लागि तोकेको ८ क्षेत्र र त्यस अन्र्तगतका १२० सुचकका आधारमा स्व–समिक्षा प्रतिवेदन तयार पारी आयोगमा पेश गर्ने, आयोगको टोलीबाट विभिन्न समयमा भएका भ्रमणबाट प्राप्त सुझाबहरु अनुसार क्याम्पसको पूर्वाधार, शिक्षण शिकाई लगायतको क्षेत्रमा सुधार समेत गरिसकिएको क्यूएए फोकल पर्सन गोरखबहादुर जिसीले जानकारी दिए ।