पाखापानीमा समिक्षा सहित योजना कार्यान्वयनको तयारी

  • २ भाद्र २०७६, सोमबार
  • 1546 पटक पढिएको

बेनी २ भदौ । रघुगंगा गाउँपालिका–६ पाखापानीमा आइतबार वडामा आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको समिक्षा गरिएको छ । गाउँपालिका, विषयगत कार्यालय, विद्यालय, युवा क्लव, आमा समूह लगायत विभिन्न संघ संस्थाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण प्रस्तुत र समिक्षा गरिएको थियो ।

गत वर्ष गाउँपालिकाले बिनियोजन गरेको ८९ लाख ५० हजार रुपैयाँ बजेटबाट पाखापानीमा ३३ वटा पूर्वाधार योजना सम्पन्न भएका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिनुभयो । ६७३ वटा सिफारिस गरिको र सो बाट दुई लाख ७९१ रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउन महिनामा गरिएका ७३ वटा सिफासिर वापत चालीस हजार ७५ रुपैयाँ राजस्व संकलन भएको छ ।

चालू आर्थिक वर्ष २०७६÷७७ मा गाउँपालिकाबाट बजेट बिनियोजन भएको एक करोड १८ लाख ५० हजार रुपैयाँका १३ वटा योजनाको उपभोक्ता समिति गठन भएको छ ।

कार्यक्रममा पाखापानीका विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, कृषि कार्यालय, हुलाक, क्लव, आमा समूहले पनि गत वर्ष गरेका कामको प्रगति विवरण र यस वर्षका योजना प्रस्तुत गरेका थिए ।