म्याग्देली गायक भण्डारीको ‘नसक्ने कुरा कसरी दिउँ’ बजारमा (भिडियो सहित)

  • २७ असार २०७६, शुक्रबार
  • 4230 पटक पढिएको

म्याग्दी २७ असार । म्याग्देली गायक राजिन भण्डारीको ‘नसक्ने कुरा कसरी दिउ म’ बोलको गीत बजारमा आएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका गायक भण्डारीको स्वर रहेको आधुनिक गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।

 

कलाकार आर्यन श्रेष्ठ र यरिना तामाङको अभिनय रहेको उक्त गितका म्युजिक भिडियोमा प्रदिप थापाको निर्देशन र राम के सीको छायांकन रहेको छ ।

 

फौद केसी विन्दासको लय संयोजन रहेको गितमा संगीत श्रीकृष्ण बम मल्लले भरेका हुन् भने चन्द्र चौधरीले मिक्सिङ, सुवास गुरुङको सम्पादन र ऐरेन्ज गोपाल रसाइलीको रहेको छ । गायक भण्डारीले यस अघि पनि विभिन्न एल्बमहरुमा श्वर भरिसकेका छन् ।

 

भिडियाे हेर्न याे लिंकमा जानुहाेला

https://www.youtube.com/watch?v=Zy9TdPHNsJ4