सडकले दुर्गम बस्तीको उत्पादीत बस्तुलाई बजार पु¥याउन सहज

  • १३ असार २०७६, शुक्रबार
  • धिरन खत्री
  • 2279 पटक पढिएको

 

म्याग्दी, १३ असार । सडक पहुचँ नपुगेका म्याग्दीमा धेरै दुर्गम बस्ती छन् । तर पछिल्लो समय स्थानीय, प्रदेश र संघिय सरकारको सहयोग तथा स्थानीयको जागरुताले म्याग्दीका अधिकांश दुर्गमबस्ती सडक पुग्न थालेको छन । भौगोलिक विकटता चिनिएको रघुगंगा गाउँपालिकाको वडा नम्वर ६ स्थित ठाडाखानी गाउँमामा सडक पुगेपछि सदरमुकाम आवातजावत सहज भएको छ । भने स्थानीय रुपमा उत्पादन हुने आलुले बजार पाएको छ ।


आलुको पकेट क्षेत्रको रुपमा चिनिने गाउँमा सडकले थप आलु ब्यवसायलाई सहज गराएको कृषक खिममाया छन्त्यालले बताईन । आलुसंगै वनमा फल्ने टुसा, ढकाए लागायतका तरकारीहरुको माग बजारमा बढेपछि सो व्यापारबाट बर्षेनी आम्दानी बढ्दै गएको उनको भनाई छ । ठाडखानीमा भएका ८० घरधुरीलाई सडकले सदरमुकामसंग पैदल दुरी छोटिएको छ ।भने दैनिक उपभोग्य बस्तु निर्यातमा सहजता भएको छ ।


ठाडाखानीबाट सडक विस्तार गर्दै कुईनेखानीसम्म सडक पु¥याउने कामलाई तिव्रता दिएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । बेनी पाखापानी सडक योजनाको काम आर्थिक वर्षमा सांसद बिकास कोषको २५ लाख रुपैया र २लाख ५० हजारको जनश्रमदान गरि २७ लाख ५० हजार रुपैयाको कुईनखानीमा सडक पु¥याउने काम तिव्र गतिमा भएको छ ।


ठाडाखानीको उमेडाँडाखर्क धुरी देखि भेडिखाल्टको राउने खर्कसम्म ७ किलो मिटरको काम भईरहेको बेनी पाखापानी सडक आयोजना उपभोक्त्ता समितिका अध्यक्ष जगत छन्त्यालले जानकारी दिए ।

कुइनेखानीमा पुग्न सडकसंगै २ घण्टा पैदल हिडेर पुग्न सकिन्छ । भने धौलागिरि गाउँपालिकाको भेडिखाल्डालाई पनि सहज भएको छ । सडकले दुर्गमबस्तीको जीवनस्तरमा परिवर्तन गरेको छ । समय सदुपयोगसंगै स्थानीयरुपमा उत्पादन हुने बस्तुहरुको माग तथा महत्व बढेको छ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l