नेकपाको बेनी नगर कमिटिलाई सपथ

  • १ जेष्ठ २०७६, बुधबार
  • 1549 पटक पढिएको

 

बेनी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी बेनी नगर कमिटिलाई सपथ ग्रहण कार्यक्रम भएको छ । नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र सचिव हरिकृष्ण श्रेष्ठको उपस्थितमा कमिटिका ५९ जना सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणपछि अध्यक्ष पौडेलले निर्वाचित सदस्यहरुलाइ बद्याई दिदै पदअनुसार जिम्मेवारीलाई जनताको सेवामा प्रयोग गर्न आग्रह गरेका थिए । सदस्यहरुलाइई बस्तीस्तरमा संगठनलाई बलियो बनाउदै जनताको विचमा बोलेर भन्दापनि ब्यवहारिक रुपमा काम गरेर देखाउने जिम्मेवारी रहेको बताए । त्यस्तै सचिव श्रेष्ठले पाटीको नीति निर्देशनमा रहेर जिम्मेवारी पुरा गर्न कमिटिलाई आग्रह गरेका थिए ।

नेकपा बेनी नगरपालिका कमिटिका अध्यक्ष शेरबहादुर केसीको अध्यक्षता र सचिव राजकुमार थापाको सञ्चालनमा सपथ ग्रहण कार्यक्तम सम्पन्न भएको थियो । नेकपा म्याग्दीले ६ वटा स्थानीय तहमा निर्वाचित टिमलाई सपथ ग्रहण कार्यक्तम सम्पन्न गरेको छ । फाईल तस्विर प्रयोग ।