प्रेस स्वतन्त्रता माग गर्दै ज्ञापनपत्र

  • १ जेष्ठ २०७६, बुधबार
  • 2069 पटक पढिएको

बेनी,१ जेठ । नेपाल प्रेस युनियन म्याग्दीले प्रेस स्वतन्त्रताको माग गर्दै ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी मार्फत सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले ज्ञापन पत्र बुझाएका हुन् ।


सरकारले बनाउन लागेको मिडिया काउन्सिल विधेयक आमसंचार विधेयकले स्वस्थ, स्वतन्त्र र मर्या्दित बनाउने नाममा निरंकुशताको विरोध गदै ज्ञापनपत्र बुझाएको थियो । पत्रकारले समाचार लेखेकै आधारमा मुद्दा खेप्नेदेखि १० लाखसम्म जरिवाना र जेल बस्नुपर्ने प्रेस स्वतन्त्रता विरोधी कानुन तत्काल खारेज गरेर वर्तमान सरकारलाई जिम्मेवार बनि प्रेस स्वतन्त्रताको पक्षमा उभिन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा बुझाएको ज्ञापनपत्र सम्बन्धित ठाउँमा तत्काल पठाएर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।