तातोपानीमा पश्चिम दरवाङको सेवा केन्द्र

  • १ जेष्ठ २०७६, बुधबार
  • 1577 पटक पढिएको

 

तातोपानी, १जेठ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका ४ तातोपानी बजारमा सेवा केन्द्र विस्तार गरेको छ ।तातोपानी बजार र आसपासका क्षेत्रका सेयर सदस्यहरुको सुबिधाका लागि सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रबाट बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानी लगायत सेवा उपलब्ध गराइने सहकारीका प्रबन्धक सदन कडेलले बताए ।

सेवा केन्द्रको यसै हप्ता बेनी नरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका थिए । मालिका गाउँपालिकाको केन्द्र दरवाङको पश्चिम दरवाङ, फुलबारी, बेनीको कामना बचत तथा ऋण, मंगलाको बाबियाचौर बहुउद्देश्यीय र बेनपा ४ को सिंगा उपभोक्ता सहकारी संस्था तातोपानी बीच गत फागुनमा एकिकरण भएको थियो ।