दानामा सालैजो गीत छायांकन (फोटो फिचर)

  • २७ बैशाख २०७६, शुक्रबार
  • 2887 पटक पढिएको

बेनी २६ बैशाख । म्याग्देली कलाकार पूर्णीमा बि.सीको सालैजो गीत बेनीको बजार….को दानामा छायांकन गरिएको छ । खड्ग गर्बुजा र मनिषा सुनारको आवाज रहेको गितमा बि.सी र शंकर बिसीको अभिनय रहेको छ ।

दानाको ज्ञानप्रकाश मावि, रुप्से झरना, अन्धगल्छी लगायतका स्थानहरुमा गित छायांकन गरिएको कलाकार बि.सीले बताउनुभयो । आफ्नो गाउँ ठाउँलाई कलाकारिताको माध्यमबाट चिनाउन दानामा छायांकनका लागि आएको बिसीले बताउनुभयो । डिएमसी मुभीज मार्फत तयार हुन लागेको गितको म्युजिक भिडीयो अरुण सुनारले छायांकन गरेका छन् ।