डाँडागाउँमा भलिबलको प्रशिक्षण

  • २३ बैशाख २०७६, सोमबार
  • 4055 पटक पढिएको

बेनी २३ बैशाख । मालिका गाउँपालिका ३ डाँडागाउँमा शनिबार देखि भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । भलिबल खेलाडीहरुको सिप तथा क्षमता विकास गर्ने उद्देश्यले जनसाहरा युवा क्लवको आयोजनामा सुरु भएको प्रशिक्षण एक महिनासम्म सञ्चालन हुनेछ् । प्रशिक्षणको मालिका ३ का वडा अध्यक्ष हेमबहादुर पुनले उद्घाटन गरेका थिए ।


राष्ट्रिय स्तरका भलिबल खेलाडी उत्पादन गरेको डाँडागाउँको पहिचान बढाउन प्रशिक्षणले सहयोग पुग्ने वडा अध्यक्ष पुनको भनाई थियो । तालिममा १८ जना युवा र ९ जना महिला खेलाडीहरुको सहभागिता रहेको छ । तालिमको अन्तराष्ट्रिय खेलाडी कमला पुन र क्षेत्रीय खेलाडी कुलबहादुर बुढाथोकी (कुलेन्द्र)ले सहजिकरण गर्नुहुने क्लवका अध्यक्ष थमबहादुर पुनले जानकारी दिए ।