नयाँ अभ्यास सहित सम्पन्न भयो मोना कतारको साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

  • १५ बैशाख २०७६, आईतवार
  • 3039 पटक पढिएको

म्याग्दी, १५ वैशाख । हरेक औपचारिक कार्यक्रमहरुमा मन्तव्य र आसन ग्रहणमा लामो समय खर्चिने परिपार्टीको विकास भैरहेको सन्र्दभमा कतारमा सम्पन्न मोना कतारको साँस्कृतिक कार्यक्रमले भने नयाँ अभ्यासको थालनी गरेको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको बहुउदेश्यीय अक्षयकोष स्थापना गर्ने उदेश्यले आयोजना गरेको बृहत चौथो साँस्कृतिक कार्यक्रममा समय सदुपयोग र लामो हुने औपचारिक कार्यक्रमलाई छोट्याउन नयाँ अभ्यास गरेको देखियो ।


साँस्कृतिक कार्यक्रमको औपचारिक उद्घाटनको लागि मञ्चमा दर्जनौँ व्यक्तिहरु निम्तन सक्ने धेरेको अनुमान थियो । तर कार्यक्रम सञ्चालक थम गिरीले मञ्चमा संस्थाका अध्यक्ष तिलु शर्मा पौडेल र प्रमुख अतिथि नेपाली दुताबास दोहा कतारका द्धितिय सचिब प्रविण भट्टराई र बिशिष्ट अतिथि मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईलीलाई मात्रै मञ्चमा निम्त्याए । अन्य विशिष्ट र अतिथिहरुलाई हलको अग्रभागमा आसन ग्रहण गराईयो । कार्यक्रम स्थल प्रवेश गर्ने मुलद्धारमै अतिथिहरुलाई ब्याज दिएर एकमुण्ठ स्वागत गरियो । कार्यक्रममा मन्तव्यको परिपार्टीलाई समेत व्यवस्थापनमा आयोजक चतुर देखियो ।


कार्यक्रममा प्रमुख अतिथि भट्टराई सहित, मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाईली, प्रबासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितिका महामन्त्री अजिज अलि, गण्डकी प्रदेश समन्वय परिषदका उपाध्यक्ष विकास भुजेल, गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष नविन पोख्रेल लगायतले मन्तव्य राखेका थिए । साँस्कृतिक कार्यक्रम अघि नै औपचारिक कार्यक्रमलाई समापन गरिएको कार्यक्रममा सहभागी ४ सय बढी दर्शकहरु साँस्कृतिक कार्यक्रममा झुमेका थिए ।


नयाँ बर्ष २०७६ को अवसरमा आयोजित साँस्कृतिक कार्यक्रममा नेपालबाट कतारमा पुगेका म्याग्देली कलाकारहरु अमृता श्रीपाल र कुमार पुन लगायतको प्रस्तुतीले कार्यक्रम संगीतमय बनेको थियो । कार्यक्रममा नेपाली मौलिक पन्चेबाजा लाइभ दोहोरिको साथमा कतारमा रहेका कलाकारहरुले समेत आफ्नो प्रस्तुती राखेका थिए ।


मोना कतारका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यष मिन बहादुर कार्कीले स्वागत गरेको कार्यक्रममा दिपिका विक, सुस्मन विश्वकर्मा, गोकुल विक, रञ्जिता अधिकारी, गंगा बस्नेत, देव घिमिरे, राम विश्वकर्मा, नारायण पुन, देवेन्द्र गर्वुजा लगायतका कलाकारहरुले आफ्नो गित एवम नृत्य र स्वतन्त्र नेपालले रचना बाचन गरेका थिए भने मोना कतारका महासचिब थम गिरी र सचिब देविदक्त कँडेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

“ प्रवासी म्याग्देली दृस्टी,सम्बृद्ध म्याग्दीको सृस्ती” भन्ने मुल नाराका साथ बैदेसीक रोजगारीको सिलसिलामा कतारमा स्थापित सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले विविन्न सामाजिक कार्यहरु समेत गर्दै आएको छ । यस कार्यक्रममा सास्कृतिक कार्यक्रमको संयोजक महेन्द्र बोहोरा र कार्यक्रम संयोजक नरेन्द्र फगामीले गरेका थिए । गत मार्च ८ मा सम्पन्न मोना कतारको अधिवेशनमा नवनिर्वाचित अध्यक्ष तिलु शर्मा पौडेलले ५० दिनभित्रमा सामाजिक कार्यको लागि कतारमा साँस्कृतिक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा आफ्नो प्रस्तुति राख्ने कलाकार र साहित्यकार एवम सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । संस्थाको आगामी बैठकबाट कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम संयोजक नरेन्द्र फगामीले जानकारी दिए ।