जनसम्पर्क समिति पोर्तुगलका उपाध्यक्ष केसीको पहलमा दृष्टिविहिन विद्यार्थीलाई आर्थिक सहयोग (फोटो फिचर)

  • १५ बैशाख २०७६, आईतवार
  • 4666 पटक पढिएको

म्याग्दी, १५ वैशाख । पोर्तुगलमा व्यवसाय गर्दै आउनुभएका म्याग्दीका एक युवाले ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुलाई रु ६५ हजार सहयोग जुटाउनुभएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भइ हाल पोर्तुगलमा रहनुभएका ओकिल केसीले मौवाफाँटमा रहेको सो स्रोत कक्षालाई सहयोग जुटाउनुभएको हो ।
पोर्तुगलमा केसीले सञ्चालन गर्नुभएको रोजगारदाता कम्पनी कोलिनालाटीना कम्पनीमा कार्यरत व्यक्तिहरुबाट संकलन भएको रु ५० हजार र केसीले व्यक्तिगत रुपमा १५ हजार सहयोग गरि कुल रु ६५ हजार सहयोग रकम स्रोत कक्षालाई हस्तान्तरण गरिएको हो ।

विद्यालयमा आयोजित एक कार्यक्रममा सहयोगदाता केसीले गाउँपालिका अध्यक्ष भव बहादुर भण्डारी मार्फत विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष गोविन्द रिजाल र प्रअ पर्शुराम गौडेललाई सो सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुको सहज पठनपाठनको व्यवस्थापन मिलाउन आफुले सो सहयोग गरेको सहयोगदाता केसीले बताउनुभयो ।

नेपाली जनसम्पर्क समिति पार्तुगलका उपाध्यक्ष समेत रहनुभएका केसीले यस अघि पनि जिल्ला संगै मुलुकका विभिन्न ठाउँहरुमा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र पोर्तुगलमा पुगेका नेपालीहरुलाई रोजगारिको बन्दोबस्त मिलाउने लगायतका सामाजिक कार्यहरु गर्दै आउनुभएको छ ।

कार्यक्रममा सहयोगदाता केसीलाई विद्यालयले सम्मान समेत गरेको छ । दृष्टिविहिन स्रोत कक्षा सञ्चालनमा सहयोग गरि महत्वपूर्ण योगदान पु¥याएकोमा केसीलाई विद्यालयले सम्मान पत्रद्धारा सम्मान गरेको हो । कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले प्रवासबाट आफ्नो जन्मभुमिमा सामाजिक कार्यहरु गरि केसीले रचनात्मक कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष रिजालले केसीले उपलब्ध गराउनुभएको सहयोग रकम दृष्टिविहिन बालबालिकाहरुको शैक्षिक क्षेत्रमा परिचालन गरिने बताउनुभयो । कार्यबहाक अध्यक्ष रिजाललको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक आकृति सुवेदीले गर्नुभएको थियो ।