बेलढुङ्गाको पर्यटन प्रर्वद्धनको लागि जेसिज

  • २४ चैत्र २०७५, आईतवार
  • धिरन खत्री
  • 2532 पटक पढिएको

ताकम २३ चैत । म्याग्दी जेसिजले बेनी नगरपालिका– ३ स्थित रहेको पर्यटकियस्थल बेलढुङ्गामा पर्यटन प्रवद्र्धनात्मक कार्यक्रम गरेको छ । जेसिजले बेलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि सूचना बोर्ड स्थापना गरेको छ ।म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाकाे  नेतृत्वमा पुगेको टोलीले स्थापना गरेको बोर्डको अनावरण बेनी नगरपालिका –३ का वडा अध्यक्ष पदम पुनले गरेका थिए । म्याग्दी र बागलुङको सिमानामा रहेको पर्यटकियस्थल बेलढुङ्गाको पर्यटन प्रवद्र्धनका लागि स्थापना गरेको बोर्डले प्रचार प्रसारमा सहयोग पु¥याउने वडाअध्यक्ष पुनले बताए ।

समुद्री सतहदेखि २८ सय मिटर उचाई रहेको बेलढुङ्गाबाट दर्जनैो हिमश्रृखलाहरु र आठ जिल्लाको मनोरम डाँडाहरुको दृष्य अवलोकन गर्न सकिन्छ । प्राकृतिक रुपमा रहेको बेलढुङगामा पुग्ने पर्यटकले धौलागिरि, निलगिरि, अन्नपुर्ण, चुरेन, मानापाथी, गुर्जा, माछापुच्छे लगायतका दर्जनौ हिमालहरु प्रमुख आकर्षण हुन् ।

सदरमुकाम बेनी देखि डेढ घण्टा यातायात सेवाबाट सुर्केमेला राखु, भकिम्ली, डोले लगायत क्षेत्रका चिटिक्क घरहरुको दृष्यसंगै धार्मिकस्थल स्वर्गाश्रम हुदै बेलढुङ्गा पुग्न सकिन्छ । पछिल्लो समय पर्यटकको चहलपहल बढेको बेलढुङ्गामा पर्यटन विकासका लागि पुर्वाधार निर्माण आवश्यक देखिएको बताउदै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजताका लागि सूचना बोर्ड स्थापना गरिएको म्याग्दी जेसिजका अध्यक्ष थापाले बताए ।
बेलढुंगा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा प्राकृतिक पर्यटकीयस्थलका रुपमा विकास गर्न पुर्वाधार निर्माणमा स्थानीयसरकारले प्राथमिकता दिनुपर्ने देखिन्छ । पर्यटकियस्थल बेलढुङ्गाको पर्यटन प्रवद्र्धन कार्यक्तमको संयोजक ईन्द्रबहादुर विश्वकर्माले गरेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l