नेकपा धवलागिरीमा कमिटी गठन, अध्यक्षमा सुवेदी र सचिबमा छन्त्याल चयन

  • २४ चैत्र २०७५, आईतवार
  • 547 पटक पढिएको

गोपाल आचार्य
ताकम २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल चयन हुनुभएको छ । ताकममा शनिबार सम्पन्न नेकपाको पालिका स्तरीय बैठकले ४९ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको छ । अध्यक्ष सुवेदी पुर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुनुहुन्थ्यो ।

बैठकले धवलागिरी गाउँपाकिलाका सात वटै वडामा पनि वडा कमिटि गठन गरेको नेकपाका नेता समेत रहनुभएका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।

गुर्जामा सिता छन्त्याल अध्यक्ष, हेमप्रसाद छन्त्याल सचिव, लुलाङको अध्यक्षमा मतिप्रसाद पाइजा र सचिवमा बलबहादुर बिक, मुनाको अध्यक्षमा रेशम पुन र सचिवमा पुर्म पुन, मुदीको अध्यक्षमा केशरमान पुन र सचिवमा चन्द्र हमाल चयन हुनुभएको छ ।

यसैगरी मल्कवाङको नेकपाको वडा कमिटि अध्यक्षमा खिरबहादुर छन्त्याल र सचिवमा धनप्रसाद छन्त्याल, मराङको अध्यक्षमा ज्ञानबहादुर गर्बुजा र सचिवमा प्रेमबहादुर लाम्गादे, ताकमको अध्यक्षमा प्रगती कार्की र सचिवमा रामबहादुर केसी चयन हुनुभएको छ ।