दहताल संरक्षणमा स्थानीय जागरुक

  • ४ चैत्र २०७५, सोमबार
  • धिरन खत्री
  • 2135 पटक पढिएको

म्याग्दी, ४ चैत । म्याग्दीको मंगला गाउँपालिका– ३ बंरजामा रहेको दहताल संरक्षणमा स्थानीय जागरुक देखिएका छन् । नजिक मन्दिर वरिपरि पानी विचमा एतिहासिक धार्मिक चौतारो रहेको तालमा विचमा बाह्रमासे पानीको मुलले बनेको दहतालाई अस्तित्व जोगाउन स्थानीय जागरुक भएका हुन् । ग्रामिण भेगमा खेतिकिसानी गर्ने कृषकहरुको बाली लगाउने समयमा पानी नपरेपछि, त्यहाँ गाउँले मिलेर पुजा गरे भने पानी पर्ने धार्मिक विश्वास रहेको छ ।

कृषकहरुले लगाएको खेति खडेरीले सुक्न लाग्यो भने त्यहाँ पुजा गरेपछि पानी आउने दरिलो धार्मिक विश्वास रहेको कुलबहादुर थापाले बताए । पर्यटनको रुपमा विकास गर्नका लागि वडाले ताल नजिक सडक जोडेपछि पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सो क्षेत्रमा बरिपरि पाकिङ्ग भौतिक संरचना स्थानीय र वडा गाउँपालिका मिलेर बनाउन सकेमा बरंजास्थित पर्यटकियस्थल झाँक्रीपानी जाने पर्यटक केही समय रोकेर त्यसको ईतिहासिक महत्वसंगै नयाँ पर्यटनको गन्तव्य हुने देखिन्छ ।


तालको संरक्षणका लागि भएको चौडाई र गहिराई जोगाउन स्थानीय घेराबार गरेका छन् । ताल महत्व उजागर संगै गाउँको प्राङगारिक कृषी उपजको खपतको आधार दह ताल बन्ने देखिन्छ ।
स्थानीयले ताल गोलाई पुरानो स्थितीमा ल्याउने, ब्यवसायिक माछापालन सुरु गर्ने, तालवरिपरि पार्क निर्माण गर्ने, आन्तरिक तथा बाह्रय पर्यटकलाई लक्षित गरेर ढुङ्गा चलाउने योजनासहित अघि बढेपनि बजेट अभावले समयमा काम हुन नसकेको स्थानीय कुलबहादुर थापाले बताए ।


म्याग्दी भ्रमण बर्ष २०७५ लाई मनाईरहदाँ जिल्ला विभिन्न क्रियाशिल संस्थाहरु ओझेलमा परेका पर्यटकिय धार्मिक प्राकृतिक पर्यटकियस्थलको सम्भावना उजागर गर्न लाग्नुपर्ने म्याग्दी उद्योग वाणिज्य संघमा दिप्तृय उपाध्यक्ष राजेश शाक्य बताउछन् । उनले दह तालको पर्यटन विकास लागि गुरुयोजनासहित भौतिक पुर्वाधार निर्माणलाई अघि बढाउनुपर्ने बताए ।
लामो खडेरी परेपनी पानी नसुक्ने दह ताल प्रचारप्रसार र स्थानीय सरकारले आवश्यक बजेट विनियोजनसहित समयमै काम हुनसके धार्मिक पर्यटनको रुपमा विकास हुने देखिन्छ । भने स्थानीयलाई रोजगारको आधार सिर्जना हुने देखिन्छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l