पहिचान विनाको चित्रको बजार छ अचेल

  • २७ पुष २०७५, शुक्रबार
  • 3256 पटक पढिएको


म्याग्दी, २६ पुष ।

हासो हराएको फूलहरु भगवानलाई चढाउकी नचढाउ,
प्राकृतिक सगरमाथाको शिखरको भन्दा,
कृत्रिम संसारको शिखर बस्तीमा प्रतिस्पर्धा चलिरहेछ ।
पहिचान विनाको चित्रको बजार छ अचेल
सम्वन्ध विनाको खामको चर्चा छ अचेल

कसले कति कमाएछ मरेपछि थाहा हुन्छ, ओईलिएर जीवनको फूल झरेपछि थाहा हुन्छ ।।
किन किनारैमा टोल्याएर बस्छौ, नदीको गहिराई कति भन्ने तरेपछि थाहा हुन्छ ।।
आफुभित्र बुद्धि कति रहेछ भन्ने कुरो, जीवन अप्ठेरोमा परेपछि थाहा हुन्छ ।।
सरकार र कर्मचारी ईमान्दार कति छन भन्ने, सिमानाको भन्सार कार्यालयमा बसेपछि थाहा हुन्छ ।।

यस्तै यस्तै शब्दहरुको कविता, मुक्तक र गजलहरु कालीगण्डकी र म्याग्दी नदीको संगितको बहाफमा बेनीमा बाचन भएको थियो । म्याग्दी साहित्य संचारको आयोजनामा बुलबुलको आगँनमा कवि शम्भु अर्याल र साहित्यकार लोकनाथ भुषाल ‘घायलश्री’ द्धारा उपस्थित दर्शकहरुमाझँ माथिका उल्लेखित हरफहरु वाचन गरेका हुन् ।

शुक्रबार बेनीमा भएको साहित्यिक कार्यक्तममा कवि शम्भु र धायलश्रीले नेपालको प्राकृतिक सुन्दरता, सम्भावना सगरमाथाको अस्तित्व, ईतिहास, माटोको प्रतिक गर्दै कविता, गजल र मुक्तक वाचन गर्दै उपस्थित साहित्य मनहरुलाई आनन्द दिलाएका थिए । उनीहरुले दीदी, आमा, ससुराली, प्राकृतिक शिखरको कृत्रिम चुरी, झोला, म यसपटक भोट हाल्दिन आमा लगायतका शिर्षकमा रहेका कविता, गजल र मुक्तक बाचन गरेका थिए ।

बुलबुलको आगँनमा भएको कायक्तमको उद्घाटन ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले गरेका थिए । समाज परिवर्तनको लागि साहित्यजस्तै सबै विद्याको सहकार्य र सहयोगले मात्रसबैको अस्तित्व रहने उनले बताए । त्यस्तै सोही अवसरमा कवि मिलन सामु र शंकर शोखालले पनि कविता मुक्तक वाचन गरेक थिए । साहित्य कार्यक्तमको संचालन सचिव सन्दिप खत्रीले गरेका थिए ।