कलाकारीताबाट म्याग्दीलाई चिनाउने ‘मिस म्याग्दी’ छन्त्यालको चाहना ( भिडियो सहित)

  • २३ पुष २०७५, सोमबार
  • 4660 पटक पढिएको

म्याग्दी, २३ पुस । प्रथम मिस म्याग्दी बनेकी हिना खड्का छन्त्यालले मोडलिङ मार्फत म्याग्दीलाई चिनाउने अभियानमा लाग्ने बताएकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्याल मिस म्याग्दीको बिजेता बनेकी थिइन् ।

मिस म्याग्दीको ताज पहिरिएकी छन्त्यालले कलाकारीता आफ्नो रुचिको बिषय भएको बताईन् ।

पहिलो मिस म्याग्दी बनिन् बेनीकी हिना खड्का छन्त्याल

म्याग्दी सदरमुकाम बेनी स्थित क्याम्पसचोककी हिना खड्का छन्त्याल पहिलो मिस म्याग्दी बनेकी छिन् । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा शनिवार बेनीमा सम्पन्न मिस्टर एण्ड मिस मोडल अफ म्याग्दीको फाईनलबाट १४ बर्षिया छन्त्यालले मिस म्याग्दीको बिजेता बन्दै ताज पहिरिएकी हुन् । https://www.youtube.com/watch?v=42NuGC-RluY&t=128s

Gepostet von MyagdiOnline – म्याग्दी अनलाईन am Samstag, 5. Januar 2019

‘ म मोडलिङ र कलाकारीता मार्फत अघि बढ्न चाहन्छु, यसमा मेरो बुबा आमाको चाहना पनि जोडिएको छ, भविश्यमा कलाकारिता मार्फत म्याग्दी र नेपाललाई चिनाउने गरि काम गर्ने योजना बुनेकी छु’’–उनले भनीन् ।

सदरमुकाम बेनी स्थित क्याम्पसचोककी छन्त्याल पहिलो मिस म्याग्दी बनेकी हुन् । फाइनल प्रतिस्पर्धामा पुगेका १५ जनालाई पछि पार्दै बिजेता बनेकी छन्त्यालाई क्राउन, ट्रफि सहित नगद रु ५० हजार पुरस्कार प्रदान गरिएको छ ।

माउण्ट एभरेष्ट आवसीय माबिमा कक्षा ८ मा अध्ययनरत छन्त्यालले मिस म्याग्दीको उपाधी हात पार्दा आफु उत्साहीत बनेको र आगामी दिनमा मोडलिङ क्षेत्रमा सक्रिय हुने बताउँछिन् ।