होमियोप्याथिक उपचार पदति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा विज्ञान हो

  • १९ आश्विन २०७५, शुक्रबार
  • 6463 पटक पढिएको

 होमियोप्याथि चिकित्सा पद्धतिमा रहेर लामो समयसम्म बाग्लुङ र बेनिमा सेवा दिनु भएका हाल थप सेवा र सुबिधाका साथ मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.सन्चालनमा ल्याउनु भएका  संचालक राजु थापा संग  लिइएको जानकारि
१. होमियोप्याथीक चिकित्सा पदति कस्तो खालको चिकित्सा पदति हो ?
 जर्मनिका प्रसिद्ध एलोप्याथिक डा.स्यामुयल हेनिमेनले लामो समयको खोज अनुसन्धान पछि चिकित्सा क्षेत्रमा प्रतिपादन गरेको यो बिज्ञानलाई रोगको स्थायी रूपमा जराबाट समाधान गर्न सक्ने चिकित्साको नाममा प्रतिपादित गरेका थिए  होमियोप्याथि को शाब्दीक अर्थ हुन्छ होमियो मिन्स सिमिलर अथवा सामान र प्याथि मिन्स सफरिन्ड. अर्थात लक्षण भन्ने हुन्छ । यो चिकित्सा पदति समानले समानलाइ हटाउछ भन्ने तथ्ययुक्त बैक्षानिक आधारमा प्रतिपादित भएका कारण अरु सबैखाले चिकित्सा पदति भन्दा छुटै आफनो पहिचान बनाउन सफल भएको छ ।
होमियोप्याथिक उपचार पदति एकदमै सरल सुलभ र इफेक्टिभ चिकित्सा विज्ञान हो कीनकी यी औषधिहरु हाम्रै प्रकृति ले दीएका प्राकृतिक जडीबुटीहरु बाट निर्माण गरिएको हुनाले शरिरमा कुनैपनि नकारात्मक असर नहुने हुदा यसलाइ बिश्व स्वास्थ्य संगढनले एलोप्याथिक पछिको दोस्रो चिकित्सा पदतिको रुपमा लिएको छ । होमियोप्याथिक चिकित्सा पदतिलाई बैकल्पिक उपचार पदतिको पहिलो प्याथिको रुपमा पनि लिने गरिन्छ । हेमियोप्याथि चिकित्सा पदतिमा अहिले प्रयोग हुदै आएका औषधिहरु एक पटक प्रतिपादित भइ सकेपछि कुनै पनि औषधिहरु प्रयोगमा आइसकेपछि नकरात्मक असर देखिएर अथवा साइड इफेक्ट देखिएर प्रतिबन्ध लगाएका कुनै पनि औषधि नभएका कारणले गर्दा होमियोप्याथि चिकित्सा पदति एकदमै उतकृष्ट छ ।
२. होमियोप्याथी चिकित्सा पदति कहिले र कहा देखि सुरु भयो र यसको पृष्ठभुमी के छ ?
इ.स. १७९६ मा जर्मनबाट सुरुभएको चिकित्सा पदति हो यसको जन्मदाता डा.स्यामुल हेनिमन हुनुहुन्छ । तर उहा होमियोप्याथिक चिकित्सक हुनु भन्दा पहिला एलोप्याथिको गोभरमेन्ट फिजिसियन हुनुहुन्थ्यो उहा गोभरमेन्ट फिजिसियन हुदाहुदै पनि उहा लाइ एलोप्याथि उपचार त्यति राम्रो लागेको थिएन किनकि एक पटक उपचार गरेको ब्यक्ति त्यहि रोग लिएर पटक पटक उहाकोमा आउदा खेरि उहालाइ महिले उपचार गरेको भन्दा पनि उपकार गरेको रहेछु भन्ने महसुस भएछ । त्यस पस्चाताप उहाले एलोप्याथि चिकित्सालाई अवकास दिएर बस्नु भएछ । अनि त्यति बेला सिन्कोनाबार भन्ने चिज ले चाहि मलेरिया लाइ निकोपार्छ भने कुरा अलि चर्चामा थियो सिन्कोनाबार एकदमै तितो हुन्थ्यो तर तितो भएकै कारणले मलेरियालाइ ठिक पारेको त होइन तितो चिज त अरु पनि हुन्छन । यसमा के छ त मलेरियालाइ ठिक पार्ने भनेर अनुसन्धान गर्दै जानु भएछ त्यसै क्रममा उहाले आफैमा प्रयोग गरेर हेर्नु भएछ र उहालाइ तेति बेला मलेरियामा देखा पर्ने सबै लक्षणहरु देखिएछन र उहाले त्यहि सिन्कोनाबार लाइ पोटेनटाइज गरेर औषधिय रुपमा प्रयोग गर्दा पहिला देखिएका ति सबै लक्षणहरु हराएर गएछन यसरि नै उहाले होमियोप्याथि चिकित्साको नाममा यस चिकित्सा पदतिलाइ उजागर गर्नु भयो ।
३. नेपाल लगायत अन्य देशमा यसको प्रयोगको अबस्था कस्तो छ ?
होमियोप्याथि चिकित्सा पदति अरु देशको तुलनामा नेपालमा त्यति बिकसित हुन सकेको छैन यो चिकित्सा पदति नेपालमा राणशासन कालदेखि भित्रिएको चिकित्सा पदति हो । तर बिडम्बना यो छ कि २००४ शालमा नेपालमा भित्रिएको चिकित्सा पदति अहिले ७२ र ७३ सालको अन्तरालमा पनि नेपालमा एउटा मात्र सरकारी अस्पतालमा सिमित हुनु एकदमै दुख लाग्दो कुरा हो । यो अस्पताल काडमाडौको हरिहर भवनमा पशुपति होमियोप्याथि अस्पतालको नाममा २०१० सालमा स्थापना भएको थियो तर त्यस अस्पतालसरह अरु ठाउमा पनि सरकारी स्थरबाट बिकास बिस्तार हुन नसकेको कारणले गर्दा सबै जनता सामु पुग्न सकेको छैन अहिलेको अबस्थामा हेर्दा खेरि नेपालमा यो चिकित्सा पदति सरकारी स्तरबाट भन्दा प्राइभेट क्षेत्रमा यसको बिकास बिस्तार हुदै गएको पाइन्छ ।
४. सरकारी स्थरबाट होमियोप्याथिको बिकासको लागि गर्नु पर्ने कुराहरु के के छन ?
होमियोप्याथी चिकित्सा पदतिको बिकास बिस्तारको लागि गर्नु पर्ने कुराहरु :
. एउटै ठाउमा मात्र सिमित भएको सरकारि अस्पताल लाइ प्रत्येक प्रदेसमा एक एक वटा सरकारी स्तरका होमियोप्याथि अस्पतालहरु निर्माण गरि सन्चालनमा ल्याउनु पर्छ ।
. यस चिकित्सा पदतिको बिकास र बिस्तार गर्नको लागि छुटै काउन्सिल हुनु आवस्यक छ ।
. होमियोप्याथि चिकित्सा पदति कस्तो खालको चिकित्सा पदति हो भन्ने जानकारी गराउनको लागि ९ १० कलास को पाढयक्रममा एउटा टपिक्स राख्न अनिबार्य छ ।
. औषधि आयतमा सहजिकरण हुनु पर्छ ।
. औषधि ब्यवस्था बिभागमा होमियोप्याथिको फर्माकोपिया सम्बन्धि जानकार ब्यक्ति हुनु पर्छ ।
. होमियोप्याथि चिकित्साको पढाइ नेपाल मै हुने ब्यवस्था मिलाउनु पर्छ ।
 ५. होमियोप्याथि चिकित्सा पदतिमा कस्ता किसिमका रोगहरुको उपचार हुन्छन ?
यस चिकित्सा पदतिमा तत्काल अप्रेशन गर्नु पर्ने रोगहरु र इमरजेन्सि रोगहरु बाहेक बिशेस गरि नन सर्जिकल रोगहरुमा एकदमै इफेक्टिभ छ ।
अटो इम्युनो रोगहरुमा होमियोप्याथि चिकित्सा पदति एकदमै प्रभावकारि हुन्छ किनकि अटो इम्युनो रोगहरुमा मानिसको रोगसग लडन सक्ने क्षमता को हा्रस भएको हुन्छ त्यसमा होमियोप्याथि उपचारले एकदमै राम्रो उपचार गर्छ । जस्तै नशा, बाथ, प्यारालाइसिस, छालाका समस्या, स्वास प्रस्वासका समस्या, पायल्स, पत्थरी, ग्याष्ट्र्कि, महिलारोगहरु, बालरोगहरुमा अन्य तमाम रोगहरुमा एकदमै इफेकटीभ छ ।
 ६) अत्तमा यस चिकित्सा पद्धति को बारेमा भन्न बाकी भएका केही कुरा छन की ?
अन्तमा होमियोप्याथि चिकित्सा पदति एक दमै सरल सुलभ चिकित्सा हो । यसमा प्राकृतिक जडिबुडिहरुबाट बनेका औषधिको प्रयोग गरि रोगको निदान गरिने हुनाले होमियोप्याथि उपचार पदतिलाइ बिकल्पको रुपमा लिनु भन्दा पनि फस्ट च्वाइस अफ होमियोप्याथि बनाउनुस र साइड इफेक्ट रहित उपचार पदतिलाई अपनाउनुस भन्न चहान्छौ ।
मकालु स्वास्थ्य उपचार केन्द्र प्रा.लि.
बुटवल ५ पुरानो बसपार्क  071-698073