बेनीमा बन डिभिजन कार्यालय स्थापना

  • ३ भाद्र २०७५, आईतवार
  • सन्तोष गौतम
  • 2028 पटक पढिएको

 

बेनी ३ भदौ । म्याग्दीको बेनीमा आईतबार डिभिजन वन कार्यालय स्थापना भएको छ । यसअघिको जिल्ला वन कार्यालय राज्यको नयाँ संरचना अनुसार गण्डकी प्रदेश अन्तरगत डिभिजन वन कार्यालयमा रुपान्तरण भएको हो ।

डिभिजनको उद्घाटन गर्नुहुदै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले वन सम्पदालाई समुदायको जिवनस्तर सुधारमा परिचालन गर्नुपर्ने बिचार व्यक्त गर्नुभयो । उहाँले वनको संरक्षणसंगै सदुपयोगमा जोड दिनुभयो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले राज्यको नयाँ संरचनालाई सफल बनाउनु सबैको दायीत्व भएको बताउदै स्थानीय तहसंग समन्वय गरेर योजना तथा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

डिभिजन वन अधिकृत माधवप्रसाद देवले जिल्ला वन डिभिजनमा रुपान्तरण भएको र छ वटा स्थानीय तहलाई हेर्ने गरी सब डिभिजन रहने जानकारी दिनुभयो । यसअघि ८ वडा ईलाका वन कार्यालय रहेका थिए । डिभिजन वन अधिकृत देवको अध्यक्षता, सहायक वन अधिकृत राजकुमार ठाकुरको स्वागत र फरेस्टर दिपक थकालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राजनितिक दल र सरकारी कार्यालयका प्रतिनिधिहरुको समेत उपस्थिती रहेको थियो ।

सन्तोष गौतम