म्याग्देली गायक ढकालको ‘डिम्पल गालैमा’ (भिडियो सहित)

  • २ भाद्र २०७५, शनिबार
  • 2648 पटक पढिएको

म्याग्दी, २ भदौ । म्याग्देली गायक नकुल ढकालको लोक दोहोरी गित ‘डिम्पल गालैमा’ भिडियो सहित बजारमा आएको छ । गायक ढकाल र गायीका प्रिती आलेको स्वरमा तयार गरिएको सो गितको म्युजिक भिडियोले छोटो समयमै चर्चा बटुलेको छ ।

बिन्ध्यावासिनी म्युजिक प्रा.लि मार्फत बजारमा आएको सो म्युजिक भिडियोमा प्रकाश सपुत र रीना थापाले अभिनय सहित नृत्य गरेका छन् । गायक ढकालकै शब्दमा कृष्ण भान्जाको एरेन्ज रहेको सो गितको म्युजिक भिडियोमा बासु बरालको छायांकन, प्रकाश एसकेको सम्पादन र मौसम हिमालीको निर्देशन रहेको छ ।

बेनीमा व्यवसाय समेत गर्दै आएका गायक ढकाल बिगत १० बर्षदेखि कलाकारीताको क्षेत्रमा क्रियाशिल छन् । बिन्ध्याबासिनी म्युजिक अवार्ड २०७३ समेत नव प्रतिभा बिधाबाट हातपारीसकेका गायक ढकालले यस अघि पनि विभिन्न एलबमह? बजारमा ल्याइसकेका छन् ।