मर्मतपछि बेनी–जोमसोम सडक सूचारु

  • २९ श्रावण २०७५, मंगलवार
  • 2521 पटक पढिएको

म्याग्दी २९ साउन ÷ दर्जनौ ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मंगलबार साँझदेखि खुलेको छ ।७६ किलोमिटर दुरीको सडकको बेनी देखि घाँसा खण्डमा पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको थियो । सडक खुलेपछि मुस्ताङ जाने आउने पर्यटक, तिर्थयात्री र स्थानीयबासीहरु गन्तब्यतर्फ लागेका छन् ।

म्याग्दीको तितर, काभ्रेभिर, गुईठे, रुप्से, बैसरी, बेगखोला क्षेत्रमा खसेको पहिरो हटाएर सवारी सूचारु गराइएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाईजर ईन्द्रसिङ शेरचनले जानकारी दिनुभयो । आयोजनामा परिचालन भएका निर्माण कम्पनीका डोजर प्रयोग गरेरसडक खुलाइएको हो कालोपत्रे गर्ने लक्ष्य सहित स्तरोन्नतीको काम भैरहेको बेनीजोमसोम सडकमा पहिरोको जोखिम बढेको छ ।

यसैगरी अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको कोप्चेपानीमा कालीगण्डकीको कटानका कारण विद्यालयभवन जोखिममा परेको छ । कालीगण्डकीले धार परिवर्तन गरेर भवनतर्फ कटान गर्न थालेपछि जोखिममा परेको हो ।