बेनीमा बम विष्फोटको आवाज, लम्लिहिल नजीकैको जंगलबाट निस्कीयो धुवाको मुस्लो (फोटो फिचर)

  • २९ श्रावण २०७५, मंगलवार
  • 3493 पटक पढिएको


म्याग्दी, २९ साउन । म्याग्दी सदरमुकाम बेनी नजिकै बम विष्फोट भएको छ । आज साँझ करिब ६ बजेर ५ मिनेट जाँदा बेनी आसपासमा बम विष्फोट भएको ठुलो आवाज आएपछि सर्वसाधारण त्रसित बनेका छन् । बम विष्फोटको आवाज लगत्तै बेनी नजीकै रहेको पर्यटकीय लभ्लिहिल जाने बाटोमा रहेको जंगलबाट धुँवाको मुस्लो निस्कीएको थियो । बम बिष्फोट लगत्तै घटनास्थल तर्फ प्रहरी टोली परिचालन भएको छ । कस्ले किन र कस्तो पदार्थ विष्फोट गराएको हो भन्ने बारेमा प्रहरी परिचालन गरि खोजीकार्य तिब्र पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बिर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

मंगलवार बन्दको आह्वान गरेको बिप्लप नेतृत्वको नेकपाका कार्यकर्ताले बम विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । आज विहान समेत बेनी आसपासमा बम विष्फोट गराइएको आवाज आएको थियो ।