तिजको अवसरमा बेनीमा छात्रा फुटबल प्रतियोगिता

  • २९ श्रावण २०७५, मंगलवार
  • 2121 पटक पढिएको


बेनी, २९ साउन । जिल्ला खेलकुद विकास समिति म्याग्दीले आधा आकास ढाकेका महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा म्याग्दी खेलकुद कप छात्रा फुटबल प्रतियोगिताको आयोजना गरेको छ । समितिले मंगलबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत आगमी भदौ २५,२६ र २७ गते छात्रा फुटबलको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता गत वर्ष देखि खेलकुद विकास समितिले आयोजना गर्दै आएको छ । फुटबल मार्फत छात्राहरुमा भएको प्रतिभालाई उजागर गर्नका लागि तिज पर्वको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले बताए । गत वर्ष देखि सुरु भएको फुटबल प्रतियोगितालाई यस वर्ष पनि आयोजना गरिएको छ।


प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, द्धितिय १२ हजार, ट्रफी मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै प्रतियोगितामा सर्वा्धिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५०० र अनुशासित टिमलाई चार हजार रुपैयाँ साथमा मेडल र प्रमाणपत्रको ब्यवस्था गरिएको अध्यक्ष विश्वकर्माले जानकारी दिए । प्रतियोगितालाई सम्पन्न गर्नका लागि सदस्य मन कुमारी विक संयोजक रहेको उपसमिति गठन गरिएको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि ३ लाख ६ हजार रुपियाँ लाग्ने अनुमान गरिएको छ ।