क्याम्पस चोक माथि खैरेनीमा जमिन र घर चर्कियो, अनेरास्ववियु र प्रहरीले माटो हटाय

  • २६ असार २०७५, मंगलवार
  • 1693 पटक पढिएको

म्याग्दी, २६ असार । म्याग्दीको सदरमुकाम बेनपा ८ मा रहेको क्याम्पस चोक देखि माथि को भिरालो पाखा खोरियामा बर्षात का कारण जमिन बग्न थालेको छ । बर्खा याम सुरु भए सँगै पानि परेपछी घरमाथि माटो आउनुको साथै घर चर्किएको छ । धौवलागिरी गाँउपालिका ६ मराङ्गबाट सरेर खोरीयामा घर बनाएर बसेका कृष्ण सुवेदीको घर देखि माथिको भाग रहेको जमिन घर माथि आउनुका साथै घर चर्किएको हो ।

घर माथि जमिन आउनुको साथै घर समेत चकेपछी सुवेदी सहित ८१ वर्षका सुवेदीका बाबा र ७० बर्षकी आमाका साथै ३ बर्षको छोर र श्रीमती सहित ५ जनाको परीवार विस्थापित हुने स्थिती आएको छ । तिनबर्ष मलेस्सीयामा पसिना चुहाएर सदरमुकाम मा लगेर बुढा बाआमा लाई सुखका साथ राख्ने भविस्यमा छोरालाई उचित शिक्षा दिने आसा राखेर झरेका सुवेदी अहिले निरास बन्न पुगेका छन् ।

सोही घर माथि आएको माटोलाई मंगलबार अनेरास्ववियु म्याग्दीका अध्यक्ष सुबास विश्वकर्माको नेतृत्वमा गएको एक टोलि र नेपाल प्रहरीले घरमाथि भएको माटोलाई हटाएको छ । अध्यक्ष विश्वकर्माका अनुसार घर माथिको जमिनको भाग र घर समेत चकेको छ । उहाँले हाललाई घरमाथि आएर पुरेको माटोलाई हटाई सुवेदीको परिवारलाई घरमा नबस्नका लागि आग्रह गरेको बताउनु भयो । अध्यक्ष विश्वकार्माले यो अवस्था जो कोहिको पनि आउन सक्ने भएकाले सबै मिलेर सुवेदीलाई सहयोग गर्नु पर्ने बताउनु भयो ।