पर्यटकको सुविधाको लागि तातोपानीमा सार्वजनीक शौचालय निर्माण

  • २२ असार २०७५, शुक्रबार
  • कमल खत्री
  • 4323 पटक पढिएको

म्याग्दी २२ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालीका–२ भुरुङ तातोपानीमा पर्यटकको सुविधाको लागि सार्वजनीक शौचालय निर्माण गरिएको छ । बेनी–जोमसोम सडक खण्ड अन्र्तगत पर्ने भुरुङ तातोपानीमा आवत जावत गर्ने पर्यटनक र यात्रुको सुविधाको लागि रु ८ लाख ३ हजार ४४२ को लागतमा सुविधायुक्त शौचालय निर्माण गरिएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजना, अन्नपूर्ण गाउँपालिका र उपभोक्ताको समेत लगानी तथा श्रमदान समेत गरि सुविधायुक्त शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रविन शेरचनले बताउनुभयो । उहाँका अनुसार, दुई कोठा महिला, एक कोठा पुरुष र एक वटा युरिनल सेट सहितको शौचालय निर्माण गरिएको छ ।

शौचालय निर्माणमा नेपाल सरकारको रु ३ लाख ८४ हजार ७७१, फिनल्याण्ड सरकारको रु १ लाख ८३ हजार ३३८, अन्नपूर्ण गाउँपालिकाको रु ३२ हजार ५०७ र उपभोक्ताको रु ८ हजार ३४ को लागतमा सो शौचालय निर्माण भएको उपभोक्ता समितिका सचिब श्याम रानाले जानकारी दिनुभयो । उपभोक्ताहरुले शौचालय निर्माणमा थप रु १ लाख ८४ हजार ७९१ बराबरको जनश्रमदान समेत गरेको सचिब रानाले बताउनभुयो ।

मंगला गाउँपालिका अन्र्तगतको वास परियोजनाको समन्वयमा निर्माणमा भएको सो सार्वजनिक शौचालयमा नजीकैको पानीको मुहानबाट पानी लयएर समेत जडान गरिएकाले यात्रु र पर्यटकहरुको लागि सुविधा पुग्ने अपेक्षा गरिएको वास संयोजक गंगाधर गौँडेलले बताउनुभयो । भौगोलिक रुपमा कठिनाई भएकाले निर्धारित मितिभन्दा ढिला भएपनि गुणस्तरीय तवरले शौचालयको पूर्वाधार बनेको वासका प्राविधिक विपिन आचार्यले बताउनुभयो ।

सो शौचालयको दिगोपनाको लागि हेरालु समेत राखिएको छ । तातोपानी कुण्डमा स्नान, गर्न र अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक संगै बेनी–जोमसोम सडक हुँदै आवत जावत गर्ने यात्रुहरुलाई सो सार्वजनिक शौचालयले सुविधा पु¥याएको वडा अध्यक्ष ओमप्रसाद फगामीले बताउनुभयो । सो सार्वजनिक शौचालयको विहिवार सार्वजनिक सुनुवाई सहित औपचारिक रुपमा उपयोगमा ल्याईएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l